मनोरंजनसंसार डटकम
सरोज न्यौपानेको निर्माण र हेम राज बिसीको निर्देशनमा बन्न लागेको चलचित्र “ग्याङस्टर ब्लुज” टिमले यसै चलचित्रका नवनायक आशिरमान देशराज जोशी १८ औ जन्मदिन मनाएको छ। चलचित्र टिमले केही समय अगाडी चलचित्रकी नायिका आना शर्माको पनि वर्थ डे मनाएको थियो। चलचित्र निर्माण पक्षले नेपाली चलचित्र क्षत्रमा एउटा प्रतिभावान नयाँ कलाकारले प्रवेश गर्न लागेको र नेपाली फिल्म उद्योगमा एउटा नयाँ स्टार यही फिल्मबाट जन्मिन लागेकोले फ्यूचर स्टारको रूपमा सम्मान गर्दै विशेष दिनलाई विशेष बनाउने केक काटेको निर्माता सरोज न्यौपानेले जानकारी दिए।
पछिल्लो समय नेपाली फिल्म उद्योगमा आफ्ना फिल्मका कलाकारहरूको यसरी वर्थ डे मनाउने प्रचलन सुरू हुन थालेको छ। त्यस्तै अभिनेत्री नम्रता श्रेष्ठ पनि आफ्ना नयाँ प्रेमी दावा स्टिभन शेर्पासँग उपस्थिति थिइन्। कार्यक्रममा डिसट्रीब्यूटर गोबिन्द शाहीको समेत उपस्तिथि रहेको थियो |
