Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
भाद्र २ गतेबाट प्रदर्शन सुभारम्भ गरेको चलचित्र “वीर विक्रम” ले सफल रुपमा तेस्रो हफ्तामा पाईला राखेको छ | पहिलो र दोस्रो हफ्ता काठमाडौँ उपत्यका र उपत्यका बाहिर अधिकांश हलमा हाउसफुल शो गरेको चलचित्र “वीर विक्रम” ले आजबाट तेस्रो हफ्तामा कदम चालेको छ | चलचित्र तेस्रो हफ्तामा आइसक्दा समेत दर्शकहरुको चलचित्र प्रतिको क्रेज भने घटेको देखिएन | तेस्रो हफ्ताको सुरुवातमा समेत चलचित्र “वीर विक्रम” ले मल्टिप्लेक्स र सिंगल थिएटरमा आज पनि हाउसफुल शो नै गर्यो | चलचित्र हेर्न दर्शकहरु सहरबाट मात्र नभई गाउगाउ बाट उठेर आए | अधिकांश दर्शकहरुले त चलचित्र धेरै पटक दोहोर्याएर समेत हेरे | सम्पूर्ण हलहरुमा चलचित्र “वीर विक्रम” को शो अझै पनि उही स्थानमा अडिक छ | अब यो तेस्रो हफ्ता समेत निकै राम्रो हिसाबमा चलचित्र “वीर विक्रम” टिक्ने थुप्रै हल ब्यवसाईहरुले अनुमान लगाएका छन् |
OLYMPUS DIGITAL CAMERA
चाम्स इन्टर टेन मेन्टको प्रस्तुति रहेको चलचित्र “वीर विक्रम” लाई निर्माण तथा निर्देशन मिलन चाम्सले गरेका हुन् | चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् | चलचित्रमा रेनेशा बान्तवा राइको नृत्य निर्देशन रहेको छ |
OLYMPUS DIGITAL CAMERA
चलचित्रमा समावेश गरिएको बिषय बस्तु दर्शकहरुको मनमा बस्न सफल भएको छ | चलचित्रको कथा प्रस्तुतिले धेरै दर्शकहरुको मन छोएको छ | नेपाली सामाजिक परिवेशको कथालाई लिएर त्यसलाई अति नै सरल र सहज ढंगमा प्रस्तुत गर्नु निर्देशक मिलन चाम्सको खुबी हो | उनको यस काममा उनको टिमको समेत निकै ठुलो हात छ | चलचित्रले दर्शकहरुलाई रुवायो , हसायो र निकै गहिरो संदेश समेत प्रदान गरेको छ | देशको परिस्थितिलाई समेत चलचित्रले निकै आधारभूत शैलीमा दर्शक सम्क्ष राखेको छ | चलचित्र वीर विक्रम ले नेपाली चलचित्र जगतमा एउटा छुट्टै किसिमको इतिहास कायम गरेको छ |
bir-bikram
चलचित्र “वीर विक्रम” ले चलचित्र भित्रको सम्पूर्ण व्यक्तिलाई स्थापित गरिदिएको छ | युके बसोवास गर्ने डेब्यु नायिका दिया पुन देखि नव कलाकार विवेक लिम्बु सम्मको नाम आज दर्शकहरुको मन मुटुमा छापिएको छ | दर्शकहरुले नया भए पनि डेब्यु नायिका दिया पुनको अभिनयलाई औधि नै रुचाएका छन् भने यता पहिलो पल्ट यसै चलचित्र मार्फत “हात्ती” नामक भूमिकाबाट रजतपटमा पाईला राखेका नव कलाकार विवेक लिम्बु प्रतिको दर्शकहरुको क्रेज निकै बढेर आएको छ |
bir-bikram
आफुले सम्पूर्ण नेपाली दर्शकहरुलाई राम्रो चलचित्र प्रस्तुत गर्न खोजेको र यस कुरामा आफु सफल रहेकोमा निर्देशक तथा निर्माता मिलन चाम्सले खुसि ब्यक्त गर्नुभएको छ | नेपाली सामाजिक परिवेशको कथालाई एउटा सहि मुल्यांकन दिएर देशको समस्यालाई समेत दर्शाएर सम्बन्धित निकाएको ध्यान आकर्षण गराउने काम समेत उहाले गर्नुभएको छ | आफुले सहि ढंगले नेपाली दर्शकहरुको टेस्टलाई बुझेको र सधैब नेपाली दर्शखार्को रोजाई र हक हितमा चलचित्र निर्माण गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ | नेपाली चलचित्रको स्थर निकै माथि सम्मको रहेको र यसलाई पूर्ण रुपमा यहाँ मात्र नभएर अन्तरास्ट्रिय बजारमा समेत विस्तार र स्थापित गर्न आफु निरन्तर अग्रसर हुने कुरा उहाले उल्लेख गर्नुभएको छ |
OLYMPUS DIGITAL CAMERA
चलचित्र अहिले तेस्रो हफ्ता प्रवेश गर्दा समेत उपत्यका र उपत्यका बाहिर सफल प्रदर्शनका साथ सम्पूर्ण दर्शकहरुबाट प्रशंसा बटुलिरहेको छ | चलचित्रको उपत्यका भित्र बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ भने उपत्यका बाहिरको जिम्मा केदार प्रसाद पराजुलीले सम्हाल्नु भएको छ |
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: