Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
आज बुधबारको दिन पारेर राजधानीको मण्डला थिएटरमा एक कार्यक्रम बीच चलचित्र “घामपानी” को घोषणा गरिएको छ | सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्र “घामपानी” नायक दयाहाङ्ग राई र नायिका केकी अधिकारीको मुख्य भूमिका रहने छ | यी दुवै कलाकार थुप्रै चलचित्रमा संगै देखिए पनि एक अर्काको ओपोजिटमा भने देखिएका थिएनन् | चलचित्रमा यी दुई कलाकारहरु संगै दुईसँगै अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की लगायतका कलाकाहरुको अभिनय रहने छ |
चलचित्रका निर्देशक संचारकर्मी दिपेन्द्र लामाले गर्नेछन् | सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टर्चलाइट प्रोडक्शनको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनको लगानी रहनेछ । कालिप्रसाद बाँस्कोटा र चन्द्र कुमार दोङको संगीत रहने यस चलचित्रमा सैलेन्द्रध्वज कार्कीले छायांकन गर्नेछन् | चलचित्रको स्क्रिप्ट लेखक निर्देशक दिपेन्द्र लामा हुन् भने रामबाबु गुरुङ स्क्रिप्ट कन्सल्ट्यान्ट हुन् |
चलचित्रमा नायक दयाहाङ्ग राई तामाङ्गको छोराको भूमिकामा छन् भने नायिका केकी अधिकारी भने ब्राहमणको छोरी हुनेछिन् | यी दुबैको प्रेम प्रसङ्ग र अन्तरजातिय भएकोले यिनीहरुको सम्बन्धमा आउने समस्यामा चलचित्रको कहानी केन्द्रित हुनेछ | चलचित्रको कथा निकै राम्रो रहेको र सामाजिक संदेश बोकेकोले सम्पूर्ण दर्शकहरुको मन जित्न सफल रहने विश्वास नायक दयाहाङ्ग राईले व्यक्त गर्नु भएको छ | त्यस्तै अभिनेत्री केकी अधिकारीले दयाहाङसँग पहिलो पटक अपोजिटमा देखिन पाएकोमा खुशी व्यक्त गरिन् |
त्यसै गरि निर्देशक दिपेन्द्र लामाले आफ्नो लामो समयको अनुभवलाई यस चलचित्रमा निकै मेहेनतको साथ लगाउने प्रतिबद्धता समेत जाहेर गरेका छन् | चलचित्रको कथा निकै राम्रो रहेको र सामाजिक परिवेशको समस्यालाई समेत सहि मुल्यांकन गर्ने र नेपाली समाजलाई नया दिशा तर्फ मोड्ने काम मा यस चलचित्रले ठुलो योगदान पुराउने विश्वास उनले ब्यक्त गरेका छन् | यस चलचित्रको बजार वितरणको जिम्मा डिसट्रीब्यूटर गोबिन्द शाहीको काब्या फिल्म्स प्रा.लि ले लिएको छ |

Leave a Reply

%d bloggers like this: