Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
suman-magar
नेपाली सांगीतिक यात्रालाई देशबाट टाढा रहेर पनि निरन्तर रुपमा लिएर जाने थुप्रै पुराना र नया कलाकारहरु हुनुहुन्छ | यिनै कलाकारहरु मध्य एक कलाकार हुन् गायक सुमन मगर | आफु देशबाट टाढा बिदेशी भुमिमा परिश्रम गर्दै पनि नेपाली गीत संगीतको माया मोहलाई त्याग्न नसकेका उनि आफ्नो दुख र काम संगै नेपाली गीत संगीतलाई पनि संग संगै लिएर जना सफल रहेका छन् | उनको नया गीत “अधुरै रहे” दर्शक माझ केहि समय अगाडी सार्वजनिक भैसकेको छ भने उनि अहिले उनको नया गीतको तयारीमा लागिरहेका छन् | उनको केहि समय अगाडी मात्र सार्वजनिक भएको गीत “अधुरै रहे” मा तिर्थ चाम्लिङ्ग को शब्द सुमन राईको संगीत र स्वयम गायक सुमन मगरको एकल स्वर रहेको छ | गीत निकै निकै प्रिय बनेको छ अधिकांश दर्शकहरुले उनलाई प्रगतिको शुभकामना समेत दिइरहेका छन् |
suman-magar
suman-magar
उनि युवा पुस्ताका सशक्त युवा कलाकार हुन् | उनको गीतमा उनले युवा पिडिको दुख र बेदनाको कुराहरु निकै सरल रुपमा प्रस्तुत गरेका छन् | आफ्नो नया प्रस्तुति निकै बेग्लै र फरक हुने उनको धारणा रहेको छ | देशबाट टाढा रहेर पनि देशको माया कहिले पनि नबिर्सिने र देशको कला संस्कृतिलाई सधैब जगेर्ना गर्ने विश्वास उनले व्यक्त गरेका छन् | धेरै कुरा सिक्ने क्रममा दर्शकहरुको माया र साथले यहाँ सम्म आइपुगेको र अब अगाडी बढ्न पनि दर्शकहरुको हौसलाको आफुलाई आवस्यकता पर्ने हुनाले उनले यसै गरि हौसला प्रदान गरिदिनुहुन सम्पूर्ण दर्शकहरु संग आग्रह समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: