Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको क्षत्रमा अहिले नया कलाकारहरुको आगमन निकै तिब्र भैरहेको छ | थुप्रै नया प्रतिभाले अहिले दर्शकहरुको मनमा राज गर्न सफल समेत भएको छ | यसै बिच एक कलाकार जसले निकै काम समयमा दर्शकरुको मन जित्न सफल भए उनि हुन् गायक सुहाङ्ग लिम्बु | नेपाली गीत सांगीतिक परिवेशमा केहि समय अगाडी मात्र आफ्नो पाईला सारेका उनि अहिले सांगीतिक संसारमै रुमलिरहेका छन् | केहि समय अगाडी मात्रै उनको पहिलो गीत बुझेनौ तिमीले बजारमा सार्वजनिक भएको थियो | त्यहि गीत बाट उनले अधिकांश दर्शकहरुको ध्यान आफु तिर केन्द्रित गर्न सफल रहे | उनि बहुमुखी प्रतिभाको धनि समेत रहेका छन् | सार्वजनिक उनको गीतमा शब्द संगीत र स्वर स्वयम उनकै रहेको छ | “उसको अनि मेरो” कथा एल्बम मा समाबेश उनको यो पहिलो गीत उनले केहि समय अगाडी सामाजिक संजाल युटुब मार्फत दर्शक माझ सार्बजनिक गरिसकेका छन् |
उनि अहिले सांगीतिक परिबेशमा ब्यस्त भैरहेका छन् | यस्तै हिजो बिजी मलमा सांगीतिक कार्यक्रममा उनले अरु थुप्रै अग्रज कलाकार संगै स्टेज तताए | उनको अब आउदै गरेको नया गीत “धड्क्यो धड्क्यो” ले दर्शकहरुलाई खुब नचायो | आयोजित कार्यक्रममा समेत उनले दर्शकहरुको ध्यान आकर्षण गर्न सफल रहे | अहिले उनि यस्तै थुप्रै कार्यक्रममा ब्यस्त छन् | त्यस्तै नया बसपार्क स्थित बिजी मलमा आयोजित कार्यक्रममा उनि संगै गायिका बुनु मानन्धर , ममता राई , प्रदेश लिम्बु , उत्तम मगर , बेनु राउत लगाएतका कलाकारहरुको उपस्थिति रहेको थियो | कार्यक्रममा दर्शकहरुको पनि बाख्लो जमघट थियो
दर्शकहरुको कलाकारहरुको गीतमा आनन्दित भएर रमाए |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: