Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
गएको बर्ष निकै सफल रहेको चलचित्र “प्रेम गीत” को सिक्वेललाई नया निर्देशकले निर्देशन गर्ने भएका छन् | पहिलेको “प्रेम गीत” का निर्देशन सुदर्शन थापाले गरेका थिए भने अब बन्ने सिक्वेलको निर्देशन पहिलेको “प्रेम गीत” को लेखक रामशरण पाठकले गर्ने भएका छन् | चलचित्रका निर्माता सन्तोष सेनको सोमबार परेको जन्मदिनको अवसरमा फिल्मको निर्देशक सार्वजनिक गरिएको हो |
prem-geet-2
केक काट्ने समारोहसंगै निर्माता सेनले “प्रेम गीत २” मा “प्रेम गीत” कै हिरो प्रदीप खड्का र संगीतकार अर्जुन पोखरेललाई दोहोर्याउने घोषणा समेत गरेका छन्। पाठकलाई स्क्रिप्ट लेखन बापत १ लाख ७५ हजार र फिल्म निर्देशन गरे वापत ७ लाख गरी कूल ८ लाख ७५ हजारमा साईन गराईएको छ भने प्रदीप खड्कालाई ८ लाख रुपैयाँमा साईन गराईएको छ । बुझिए अनुसार निर्माता सेनकै अनुरोधमा प्रदीपले अफर आएका १० वटा भन्दा बढी फिल्महरु छाड्नु परेपछि उनलाई पेनाल्टी स्वरुप ८ लाख मा साईन गराईएको हो ।
prem-geet-2
निर्माण पक्षले दिएको जानकारी अनुसार आउँदो कात्तिक देखि चलचित्रको छायाँकन तीन देश म्यानमार, थाईल्याण्ड र नेपालमा हुनेछ भने हिरोइन पनि नयाँ रहने छिन् ।

Leave a Reply

%d bloggers like this: