Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
भाद्र २२ गते काठमाडौंमा हुन लागेको ‘एलजी फिल्म अवार्ड’ को उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक भएको छ । ‘एलजी फिल्म अवार्ड’ मा उत्कृष्ट पोष्टर मेकिङ गर्ने , ट्रेलर, स्टन्ट, सहित भि.एफ.एक्स. देखी प्राविधिकहरुलाई समेत नोमिनेशनमा समाबेश गरिएको छ । सिनेमा सर्कल नेपालले आयोजना गर्न लागेको अवार्डको नोमिनेशनमा गएको बर्ष प्रदर्शनमा आएका सफल चलचित्रहरु प्रतिस्पर्धामा छन् । गएको बर्ष प्रदर्शनमा आएका चलचित्र ‘प्रेमगीत’, ‘क्लासिक’, ‘ड्रिम्स’, ‘वडा नम्बर छ’, ‘पशुपतिप्रसाद’ र ‘कबड्डी कबड्डी’ उत्कृष्ट चलचित्रको नोमिनेशनमा परेका छन् ।
त्यस्तै उत्कृष्ट नायकको प्रतिस्पर्धामा ‘क्लासिक’ बाट आर्यन सिग्देल, ‘कबड्डी कबड्डी’ बाट दयाहाङ राई, ‘प्रेमगीत’ बाट प्रदिप खड्का, ‘पशुपतिप्रसाद’ बाट खगेन्द्र लामिछाने र ‘फन्को’ बाट सौगात मल्ल रहेका छन् भने उत्कृष्ट नायिकाको प्रतिस्पर्धामा ‘वडा नम्बर ६’ बाट प्रियंका कार्की, ‘क्लासिक’ बाट नम्रता श्रेष्ठ, ‘भाग् सानी भाग्’ बाट केकी अधिकारी, ‘प्रेमगीत’ बाट पुजा शर्मा र ‘ड्रिम्स’ बाट साम्राज्ञी राज्य लक्ष्मी शाह रहेका छन् ।
निर्णायक मण्डलका संयोजक मोहन निरौला र सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीद्धारा हस्ताक्षर भएको विज्ञप्तीमा आगामी भदौ २२ गते काठमाण्डौ स्थित आर्मी अफिसर क्लबमा अवार्ड हुने बताइएको छ । पर्दा पछाडीका एक व्यक्तिलाई ५१ हजार नगद राशीसहित बलीउड अभिनेता सत्रुघन सिन्हाले लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ । अवार्डमा सहभागी हुन विशेष अतिथीको रुपमा बलीउड अभिनेता शत्रुघन सिन्हा र जापानीज निर्देशक मात्सुबयासी हिरोयुकी समेत उपस्थित हुने बताईएको छ ।
हेर्नुहोस एलजी फिल्म अवार्डको नोमिनेशन यस्तो छ :-
lg-award

Leave a Reply

%d bloggers like this: