Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र “वीर विक्रम” ले सर्भादिक सफलताका साथ पहिलो हफ्ता पार गरेर दोस्रो हफ्तामा चलिरहदा आज शनिबार समेत अधिकांश हलहरुमा हाउसफुल शो गरेको छ | चलचित्रले उपत्यका भित्रका मल्टिप्लेक्स देखि सिंगल थिएटर सम्म आफ्नो कब्जा जमाएको छ | चलचित्र “वीर विक्रम” ले बिहिबार देखि रिलिज भएको बलिउड स्टार टाईगर शरोफ अभिनित हिन्दी चलचित्र “फ़्लाइङ्ग जट” र शुक्रबार देखि प्रदर्शनमा आएको महानायक राजेश हमाल अभिनित चलचित्र “सकुन्तला” लाई समेत सजिलै संग मात खुवाएको छ | यसरी चलचित्र “वीर विक्रम” ले बलिउड हिन्दी चलचित्रलाई समेत मात खुवाएर दोस्रो हफ्तामा समेत अधिकांश हलहरुमा कब्जा जमाउनु नेपाली चलचित्र क्षत्रको लागि पनि गर्वको कुरा रहेको छ | चलचित्र “वीर विक्रम” का निर्देशक मिलन चाम्सले नेपाली चलचित्रको स्थरलाई निकै नै माथि सम्म पुर्याएका छन् | उनको चलचित्र “वीर विक्रम” ले अहिले देशभरिको दर्शकहरुबाट प्रशंसा र शुभकामना बटुलिरहेको छ | यसरी दोस्रो हफ्तामा प्रवेश गर्दा पनि हिन्दी चलचित्रलाई पछाडी पारेर अधिकांश हलहरुमा कब्जा जमाएर चलचित्र “वीर विक्रम” ले एउटा नया इतिहास रच्न सफल भएको छ | चलचित्र “वीर विक्रम” लाई अत्याधिक दर्शकहरुले मनपराई ४ देखि ६ पटक सम्म दोहोर्याएर हेरेको समेत खुल्नमा आएको छ | त्यसै गरि बच्चा देखि बृध सम्म लट्ठी टेकेर चलचित्र “वीर विक्रम” हेर्न हल सम्म आइपुगेको दृश्य समेत देखिएको छ | यो हिसाबले चलचित्र “वीर विक्रम” ले सजिलै संग सर्भादिक सफलताका साथ दोस्रो हफ्ता समेत पार गरि तेस्रो हफ्तामा प्रवेश गर्ने अनुमान हल ब्यवासाईहरुले लगाईसकेका छन् | चलचित्र “वीर विक्रम” हेर्न काठमाडौँ उपत्यका र उपत्यका बाहिर दर्शकहरुको चाप अहिले सम्म पनि घटेको छैन | अहिले सम्पूर्ण दर्शकहरुको मुखमा चलचित्र “वीर विक्रम” को नाम झुन्डिएको छ |
bir-bikram
bir-bikram
OLYMPUS DIGITAL CAMERA
चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र “वीर विक्रम” मा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् | चलचित्रमा रेनेशा बान्तवा राइको नृत्य निर्देशन रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ | त्यस्तै चलचित्रका उपत्यका बाहिरको बजार वितरकको जिम्मा केदार प्रसाद पराजुलीले लिनुभएको छ | चलचित्र “वीर विक्रम” भाद्र २ गतेबाट उपत्यकामा र भाद्र ३ गतेबाट देशभरका सम्पूर्ण हलहरुमा प्रदर्शन भैरहेको छ |
bir-bikram
bir-bikram
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: