Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
एस के थापा प्रोडक्शनको व्यानरमा निर्माण हुन लागेको चलचित्र “ए मेरो हजुर” को पहिलो तस्बिर सार्वजनिक भएको छ जसमा छ नायिका साम्राज्ञलक्ष्मी शाह निकै नै आकर्षक हिसाबले प्रस्तुत गरिएको छ | समावेश तस्बिरमा नायिका साम्राज्ञलक्ष्मी शाहलाई नेवारीको पहिरनमा देख्न सकिन्छ | प्रस्तुत तस्बिर कुनै गीतको रहेको अनुमान लगाउन सकिन्छ |
चलचित्रलाई नायिका झरना थापाले निर्देशन गर्दैछिन भने चलचित्रका निर्माता स्वयम उनको श्रीमान सुनिल कुमार थापा रहेका छन् | चलचित्रको अहिले काठमाडौँ उपत्यका भित्र धमाधम शुटिंग भैरहेको छ |
चलचित्रमा नायिका साम्राज्ञलक्ष्मी शाह संग नव नायक सलिन मान बानिया देखिदैछन् | निकै नै क्युट र आकर्षक लूक्स भएका सलिन यस क्षत्रमा भने बिल्कुलै नया रहेका छन् | म्यानेज्मेन्टमा विधार्थी सलिन काठमाडौं न्यूरोडका स्थानिय बासिन्दा हुन् भने उनि नृत्यमा पोख्त रहेको बताईन्छ ।
a-mero-hajur
चलचित्रमा साम्राज्ञलक्ष्मी शाह र सलिन मान बानिया संगै सलोन बस्नेत , बुद्धि तामाङ, अनुभव रेग्मी लगाएतका कलाकारहरुको अभिनय रहेको कुरा जानकारीमा आएको छ | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ भने उपत्यका बाहिरको बजार वितरकको जिम्मा केदार प्रसाद पराजुलीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: