Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
khemraj-gurung
“वारी जमुना पारी जमुना” का गाएक खेमराज गुरुङको निधन भएको छ | “वारी जमुना पारी जमुना”,”आलु तामा” लगाएतका चर्चित गीतका गाएक खेमराजको चाबहिल स्थित मेडिकेयर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा बिहिबार साझ ५ : ५० बजे मृत्यु भएको हो | ४२ बर्षिय खेमराज १० दिन देखि अस्पतालमा उपचार गराइरहेका थिए | उनलाई जन्डिसको समस्या देखिए पछि चेकअप लागि अस्पताल पुर्याइएको थियो | पछि उनलाई अस्पताल भर्ना नै गर्नुपरेको थियो | स्वास्थ्य बिग्रिदै गएपछि आइसीयुमा राखिएको र पछि स्वास्थ्य स्थिथि निकै नाजुक भएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो | चिकित्सकको अनुसार उनलाई दिल्लीको मिधांत अस्पतालमा रिफर गरिएको थियो | तर यस्तो नाजुक अवस्थामा अस्पतालबाट निकालेर लैजान झन् खतरा अवस्था आउन सक्ने भएकोले त्यहि भेन्टिलेटरमै राखिएको थियो |



गाएक खेमराज गुरुङका “जीवन” , “जीवन २” , “अनमोल” , “धरान पोखरा” , “सोल्टी” , “आलु तामा” , “ढाके” र “घुमफिर” लगाएतका एल्बमहरु बजारमा रहेका छन् | स्वर्गीय गाएक खेमराज गुरुङले सयौ गीतहरुमा स्वर दिसकेका छन् | देशले फेरी एउटा अमुल्य सम्पति गुमाएको छ | खेमराज गुरुङ निकै नै असल र सरल ब्यक्तित्वोका मानिस थिए | उनको सुमधुर स्वरका धनि थिए | उनले गाएको “वारी जमुना पारी जमुना” गीत नेपाली गीत संगीत क्षत्रमा एउटा इतिहास नै बन्यो | त्यस गीतले उनलाई नेपालमा मात्र नभएर अन्तरास्ट्रिय बजारमा समेत चिनाउनुको साथै स्थापित समेत गरायो | उनले आफ्नो प्रतिभाले देशलाई मात्र नभएर सारा नेपालीलाई गर्वको महसुस गराएका छन् | उनको यो दुखद निधनमा मनोरंजनसंसार डटकम परिवार हार्दिक समबेदना प्रकट गर्दै श्रदान्जली ब्यक्त गर्दछौ | उनको आत्मालाई शान्ति मिलोस |

Leave a Reply

%d bloggers like this: