मनोरंजनसंसार डटकम
कार्तिक १९ गते प्रदर्शन मिति तय गरिएको चलचित्र “जात्रा” को टिजर सार्वजनिक गरिएको छ | चलचित्रको प्रस्तुत टिजरमा पैसा सम्बन्धि चल खेलको दृश्यलाई फरक किसिमले देखाउने प्रयास गरेको देखिन्छ | चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरे, प्रवीन खतिवडा, कमलमणि नेपाल, भोलाराज सापकोटा, नीलकाजी शाक्य, साजन थापा मगर, प्रियंका झा, सुरेश कार्की सफर पोखरेल लगायतको कलाकारहरुको मुख्य भूमिका रहेको छ |
त्यसै गरि प्रस्तुत टिजरमा भने चलचित्र “छड्के” मा बिन्दु नामको पात्र बाट परिचित र चलचित्र “पशुपतिप्रसाद” मा भने भष्मे डन पात्रबाट चर्चामा आएका अभिनेता विपिन कार्कीलाई पहिलो प्राथमिकता राखेको देखिन्छ | चलचित्रका निर्माता सिंगे लामा र यादव पौडेल हुन् भने लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका छन् | चलचित्रमा दिर्घ गुरुङको छायांकन रहेको छ भने द्वन्द निर्देशन शंकर महर्जनले गरेका छन् | चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् |
हेर्नुस टिजर :
