Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
गत बिहिबार तोकिएको प्रदर्शन मिति भन्दा १ दिन अगाडी अर्थात् भाद्र २ गतेबाट प्रदर्शनमा आएको चलचित्र “वीर विक्रम” ले अहिले अपार सफलता हासिल गरिरहेको छ | चलचित्रले प्रदर्शनको ३ दिनमै करोड क्लबमा सफल प्रवेश गरेर ठुलो हात सफल पारिसकेको छ | अहिले चलचित्र “वीर विक्रम” को क्रेज निकै बढेर आएको छ | पहिलो हफ्ता बितिसक्दा चलचित्र हेर्नको लागि दर्शकहरुको चाप अझै पनि नघटेको अवस्था रहेको छ | चलचित्रले आज पहिलो हफ्ता बितेर दोस्रो हफ्ता सुरु गर्दा पनि दर्शकहरुको चाप उस्ताको उस्तै छ | काठमाडौँ उपत्यका मात्र नभएर उपत्यका बाहिर समेत यही अवस्था रहेको छ | बुटवल , धरान , नारायणघाट , नेपालगंज , पोखरा लगाएतका ठाउहरुमा दर्शकहरुको अत्याधिक चापको कारण धेरै समय देखि बन्द रहेको नाइट शो पनि संचालन गर्नुपर्ने अवस्था सिर्जना भयो | त्यस्तै काठमाडौँ उपत्यका भित्रका मल्टिप्लेक्स र सिंगल थिएटरका अधिकांश हलहरु दोस्रो हफ्ता प्रवेश हुदा समेत हाउसफुल शो मै चलिरहेको छ | चलचित्र प्रदर्शन हुदा पहिलो हफ्तामा अर्को चलचित्र “चपली हाइट २” र हिन्दी चलचित्र “हेप्पी भाग जाएगी” भिडन्तमा रहेको थियो | तर चलचित्र “वीर विक्रम” ले यी दुवै चलचित्रलाई मात खुवाएको थियो | त्यस्तै आज पहिलो हफ्ता सकेर दोस्रो हफ्तामा प्रवेश गर्दा अर्को बलिउड स्टार टाईगर शरोफ र जेक्लिन फेर्नान्देज अभिनित हिन्दी चलचित्र “फ़्लाइङ्ग जट” प्रदर्शन आउदा समेत चलचित्र “वीर विक्रम” को केहि पनि बिगार्न सकेन | चलचित्र “वीर विक्रम” ले दोस्रो हफ्ता आइपुग्दा समेत बलिउड स्टार टाईगर शरोफ चलचित्र “फ़्लाइङ्ग जट” लाई मात खुवाएको छ | यसरी नेपालमा हिन्दी चलचित्रको क्रेज हुदाको अवस्थामा समेत बलिउड स्थापित स्टारको चलचित्रलाई पराजित गरेर चलचित्र “वीर विक्रम” ले एउटा नया इतिहास रचन सफल भएको छ | यसरी दोस्रो हफ्तामा प्रवेश गरिरहदा बलिउड स्थापित स्टारको चलचित्र प्रदर्शनमा आउदा समेत त्यस चलचित्रलाई मात खुवाएर सम्पूर्ण हलहरुमा कब्जा जमाउन सफल रहेको छ चलचित्र “वीर विक्रम” |

OLYMPUS DIGITAL CAMERA
bir-bikram
OLYMPUS DIGITAL CAMERA

साच्चै नै चलचित्र “वीर विक्रम” ले नेपाली चलचित्र क्षत्रको मात्र नभई सारा नेपालीको सिर उच्च पारेर सबैलाई गर्व महसुस गराएको छ | चलचित्र दोस्रो हफ्तामा प्रवेश हुदा समेत अधिकांश हलमा हाउसफुल शो चलिरहेको हुनाले आज पनि उपत्यका थुप्रै हलहरुमा दर्शकहरुको अत्याधिक चापको कारण शो थप्ने क्रम जारी छ | यस्तै चलचित्र “वीर विक्रम” सम्पूर्ण दर्शकहरुले अत्याधिक मनपराई दोहोर्याएर ३ देखि ४ पटक सम्म हेरेको कुरा समेत खुल्नमा आएको छ | अहिले देश भरि नै “वीर विक्रम” मय बनेको अवस्था छ | सारा नेपालीको मुखमा मात्र “वीर विक्रम” को नाम झुन्डिएको छ भने चलचित्र र चलचित्र निर्माण टिमको समेत अहिले सबैतिरबाट व्यापक प्रशंसा भैरहेको छ | चलचित्र “वीर विक्रम” ले सम्पूर्ण किसिमको दर्शकहरु हल सम्म लिएर आउन सफल रहयो | चलचित्र दोस्रो हफ्तामा प्रवेश गर्दा समेत बच्चा देखि बृध सम्म लट्टी टेकेर समेत चलचित्र “वीर विक्रम” हेर्न आएको दृश्य देखियो | यो हिसाबले चलचित्र “वीर विक्रम” ले दोस्रो हफ्ता समेत सजिलै संग निकै राम्रो सफलता हात पारी अगाडी बढ्ने विश्वास अधिकांश हल ब्यवसाईहरुले ब्यक्त गर्नुभएको छ |
bir-bikram
OLYMPUS DIGITAL CAMERA
चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र “वीर विक्रम” मा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् | चलचित्रमा रेनेशा बान्तवा राइको नृत्य निर्देशन रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ | चलचित्र “वीर विक्रम” ले उपत्यका भित्र अपार सफलता हासिल गर्दै निकै नै राम्रो व्यापार गर्न सफल भएको कुरा उहाले उल्लेख गर्नुभएको छ | त्यस्तै चलचित्रका उपत्यका बाहिरको बजार वितरकको जिम्मा केदार प्रसाद पराजुलीले लिनु भएको छ | उपत्यका बाहिर समेत दर्शकहरुको अत्याधिक चाप रहेको र निकै राम्रो व्यापार गर्न सफल रहेको कुरा उहाले जानकारी दिनुभएको छ | चलचित्र “वीर विक्रम” भाद्र २ गतेबाट उपत्यकामा र भाद्र ३ गतेबाट देशभरका सम्पूर्ण हलहरुमा सफल रुपमा प्रदर्शन भैरहेको छ | चलचित्रले अपार सफलता हात पारेर दोस्रो हफ्तामा प्रवेश गरेपछि खुसि हुदै मस्त मुद्रामा निर्देशक तथा निर्माता मिलन चाम्स संगै उपत्यका बजार वितरक गोबिन्द शाही र उपत्यका बाहिरका बजार वितरक केदार प्रसाद पराजुली |
OLYMPUS DIGITAL CAMERA
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: