मनोरंजनसंसार डटकम
असोज २१ गते प्रदर्शन मिति तोकिएको चलचित्र “किस्मत २” को नया गीत सार्वजनिक गरिएको छ | युट्युवमा सार्वजनिक गीतमा अभिनेत्री शिल्पा पोखरेललाई दुई अभिनेता किशोर खतिवडा र पृथ्वीराज शर्मासँग रोमान्स गरिरहेको देख्न सकिन्छ |
उदित नारायण झाको सुमधुर स्वरमा सजिएको “उनी आकाशबाट झरेकी अप्सरा” बोलको गीतमा शब्द अमृत रेग्मीको रहेको छ भने संगीत अर्जुन पोखरेलले भरेका छन् | यस गीतमा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ | चलचित्रका निर्देशक ऋषि लामिछाने हुन् भने निर्माता छबि राज ओझा हुन् |
हेर्नुस गीत :
