Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
sourav-timsina
नेपाली गीत सांगीतिक क्षत्र अब निकै तिब्र रुपमा विकास तर्फ उन्मुख भैरहेको अवस्था छ | देश भित्र मात्र नभई देश बाहिर रहनु भएका कलाकारहरुले पनि आफ्नो तर्फबाट योगदान दिरहनु भएको छ | निकै नै राम्रा रचनाहरुको जन्म अहिले नेपाली गीत संगीत क्षत्रमा भैरहेको छ | नेपाली सांगीतिक आकाशमा अहिले धेरै ताराहरु चम्किरहेका छन् तिनै ताराहरु बीचका एउटा तारा हुन् रचनाकार सौरव तिम्सिना | उनको लोकप्रियता अहिले निकै नै बढ्दो देख्न सकिन्छ | उनले अरु भन्दा र फरक रचनाहरु प्रस्तुत गरेर दर्शक माझ आफुलाई स्थापित गरिसकेका छन् | उनको रचनामा हामी निकै नै मार्मिक र मनछुने भावहरु भेट्न सक्दछौ | उनको “पाउजु” एल्बममा समावेश “मर्छु सजिलै” बोलको गीत अहिले युटुबमा निकै नै लोकप्रिय बन्दै गैरहेको छ | उनि स्वयमको शब्द रचनामा तयार भएको गीतमा संगीत र मिठो अनि सुमधुर स्वर भर्ने काम गाएक किरण गजमेरले गर्नुभएको छ | उनको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ जसमा बाबु बोगटी र केकी अधिकारीले अभिनय गर्नुभएको छ भने सुरज श्रेष्ठले निर्देशन गर्नुभएको छ | केहि समय मात्र सार्वजनिक भएको गीतले अहिले धेरै दर्शकहरुको मन छुन सफल भैसकेको छ |
sourav-timsina
sourav-timsina
नेपाली दर्शक माझ यति राम्रो प्रस्तुति दिने रचनाकार सौरव तिम्सिना अमेरिकामा बसोवास गर्दछन् तर उनले आफ्नो सारा जीवन नेपाली गीत संगीतमा समर्पित गरेका छन् | उनको रचना नेपालमा मात्र नभएर अमेरिकामा समेत निकै लोकप्रिय रहेको छ | त्यहाँ उनको यस किसिमको मनै छुने रचनाको निकै प्रशंसा भैरहेको पाइएको छ | उनले आफुले निकै नै प्रयास गरेको र त्यसको फल दर्शकको माझबाट पाएको कुरा बताएका छन् | निकै नै सरल र सहज ब्यक्तित्वो भएका उनि अहिलेका युवा पुस्ता माझ एक उदहारणको रुपमा स्थापित भएका छन् | उनले नेपाली गीत संगीतको स्थर निकै नै माथि सम्मको रहेको कुरा बताएका छन् | देशबाट टाढा रहेर पनि नेपाली गीत संगीतको विकासमा लागेका उनलाई र उनको रचनाहरुलाई दर्शकहरुले सम्मान सहित उचित मुल्यांकन समेत गरेका छन् | बदलिदो समय र समाज परिवर्तनको हिसाबमा नेपाली गीत संगीतले पनि नया मोड लिनु पर्ने जरुरी रहेको र त्यसको लागि आफुले आफ्नो निरन्तर रुपमा प्रयास गरिरहने विश्वास उनले ब्यक्त गरेका छन् |
sourav-timsina
आफु जस्तो सुकै परिस्थितिमा भए पनि नेपाली गीत संगीत प्रतिको लगावलाई कहिले पनि नछोड्ने र सधैभ सम्पूर्ण नेपाली गीत संगीत प्रेमी दर्शकहरुलाई नया र राम्रा कुराहरु निरन्तर प्रस्तुत गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् | गीत संगीत आफ्नो पहिलो प्राथमिकताको बिषय रहेको र यसको सहि रुपान्तरणको लागि आफुले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहने कुरा उनले बताएका छन् | उनले नेपाली दर्शक माझ जहाँ रहे पनि नेपाली गीत संगीतलाई माया र सम्मान गरि आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन बिन्ती समेत बिसाएका छन् | दर्शकहरु आफ्नो निमित्त भगवान रहेको र उहाहरु रहे मात्रै आफुहरु रहने कुरा समेत उनले उल्लेख गरेका छन् | साथसाथै नेपाली गीत संगीतको स्थरलाई उच्च स्थानमा पुर्याउन सम्पूर्ण तह बाट सबैले प्रयास गर्नुपर्ने जरुरी रहेको कुरा समेत उनले प्रस्ट पारेका छन् |
Sourav-timsina
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: