Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
बलिउडका सुपरस्टार नायक साहरुख खानलाई आज बिहान अमेरिकाको लस एन्जल्स विमानस्थलको अध्यागनम विभागले हिरासतमा लिएर छाडेको छ । साहरुखलाई सोधपुछका लागि भन्दै हिरासतमा लिइएको थियो । साहरुखलाई अमेरिकाको विभिन्न विमानस्थलमा यसरी सोधपुछका लागि हिरासतमा राखिएको तेश्रो पटक हो ।
साहरुखले सुरक्षा जाँचलाई सम्मान गर्ने बताउँदै बारम्बार यस्तो व्यवहारले आफूलाई दिकदार बनाएको बताएका थिए । साहरुखले ट्विटरबाट यो कुराको जानकारी गराएपछि यसले मिडियामा हंगामा मच्चाएको थियो । अमेरिकी अध्यागमनमा भएको यस्तो व्यवहारको चर्को आलोचना पनि भयो ।
अब, अमेरिकाका लागि भारतीय राजदुत रिचर्ड वर्माले माफी मागेका छन् । उनले ट्विट गर्दै भनेका छन्-‘दिकदारीका लागि माफ गर्नुहोस् साहरुख । हामीले तपाइलाई अब यस्तो दिकदारी नहोस् भनेर काम गरिरहेका छौ । तपाइको कामले अमेरिकी जनतासँगै करोडौ मानिसलाई प्रेरणा दिएको छ ।’
साहरुखलाई सन् २००९ र सन् २०१२ मा अमेरिकी अध्यागमन विभागले हिरासतमा लिएको थियो । पछि, अमेरिकी विदेश मन्त्रीले नै माफी मागेकी थिइन् । साहरुख अमेरिकामा पनि चर्चित छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि साहरुख भारतका लागि गर्व गर्न लायक कलाकार भएको बताएका थिए ।

Leave a Reply

%d bloggers like this: