Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
बलिउडमा विवादस्पद हर्कतै कारण राखी सावन्तको चर्चा हुने गरेको छ । राखी जब सेलाउँछिन्, कुनै न कुनै हर्कत गर्छिन् र चर्चामा आउँछिन् । केही महिनादेखि राखीको चर्चा बलिउडमा खासै भएको थिएन । तर, वुधबार उनले लगाएको पहिरनले फेरि चर्चा पाएको छ ।
राखीले लगाएको पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरहरु प्रिन्ट गरिएको छ । राखीले प्रधानमन्त्री र मिडियाको ध्यान खिच्नका लागि यो हर्कत गरेकी हुन् ।
अमेरिकाको सिकागो शहरमा आयोजित एक कार्यक्रममा राखीले लगाएको पहिरनले धेरैको आँखा तान्यो । राखीको पहिरनको जुन-जुन भागमा मोदीको तस्बिर प्रिन्ट गरिएको छ, त्यो अश्लिल देखिएको छ ।

Leave a Reply

%d bloggers like this: