मनोरंजनसंसार डटकम
नेपालमा पहिलो पटक ‘फेसन अवार्ड’ हुने भएको छ । चलचित्र सम्बन्धी अवार्डले नेपाली चलचित्र बजार तातेको समयमा अब फेसन अवार्ड पनि सुरु हुने भएको छ ।
विगत ४ बर्षदेखि नेपाली फेसन बजारमा अनलाइन सेवा दिदै आएको ‘क्लोथ नेपाल’ले पहिलो पटक नेपाली डिजाइनरहरुलाई अवसर दिदै फेसन अवार्ड आयोजना गर्ने भएको हो ।
काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा डिजाइनर विश्व गौतमले फेसन डिजाइनरहरुका लागि यो महत्वपूर्ण अवसर भएको बताए । सेम्टेम्बर १७ मा आयोजना हुने कार्यक्रममा नेपालका चर्चित १० मोडलहरुले १०० जना नेपाली डिजाइनरहरुबाट छानिएका ५ फरक फरक डिजाइन प्रस्तुत गर्नेछन् ।
कार्यक्रमलाई विपिन गुरुङले कोरियोग्राफी गर्नेछन् । यसअगाडि पनि डिजाइनरहरुको डिजाइनमा प्रतिस्पर्धा भएपनि अवार्ड भने पहिलो पटक आयोजना हुन लागेको हो ।
