Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
बलिउडमा वीग वीको उपनामले परिचित नायक अमिताभ बच्चनले महिलाप्रति सम्मान जगाउन उनीहरुलाई शिक्षित बनाउन जरुरी भएको बताएका छन् ।
प्रदर्शनका लागि तयार भएको चलचित्र ‘पिंक’ को ट्रेलर रिलिजको अवसरमा अमिताभले ‘निर्भया काण्ड’ जस्ता घटनालाई लज्जास्पद भएको बताए । ‘यो घटनाको जति निन्दा गरेपनि कम हुन्छ, भारत बलात्कारमुक्त हुनु पर्‍यो ।’
अमिताभको भनाई अनुसार सुजित सरकारको चलचित्र ‘पिंक’ बलात्कार पीडित महिलाको कथा हो । लाचार कानुनी ब्यबस्थाको कारण हुने मानसिक पीडालाई चलचित्रमा प्रस्तुत गरिएको छ । यसमा अमिताभले एक वकिलको भुमिका निर्वाह गरेका छन् ।
यस चलचित्रमा तपसी पन्नुले एक बलात्कार पीडित महिलाको भुमिका निर्वाह गरेकी छिन् । यी दुई कलाकारको अतिरिक्त किर्ती कुलहारी, एडि्रया र अंगद बेदिले पनि अभिनय गरेका छन् ।
अनिरुद्ध राय चौधरिको निर्देशन रहेको यो चलचित्र १६ सेप्टेम्बरमा प्रदर्शन हुने भएको छ । ‘वजीर र तीन पत्ती’ जस्ता थ्रीलर चलचित्रमा अभिनय गरेका अमिताभको ‘पिंक’ले सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको छ ।

Leave a Reply

%d bloggers like this: