Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
bir-bikram
अहिले सबैको लागि भाद्र ३ गते पर्खाइको दिन बनेको छ किन भने चलचित्र “वीर विक्रम” प्रदर्शन हुदैछ भने यसै चलचित्र संग भिडदै छ अर्को चलचित्र “चपली हाइट २” | चलचित्र “वीर विक्रम” को चर्चा परिचर्चाको अहिले कुनै पनि सिमा छैन किनकि पूर्व देखि पश्चिम सम्म सानो चिया पसल , स्कुल , कलेज देखि ठुला उद्योग सम्म मात्र चलचित्र “वीर विक्रम” को नाम छ | चलचित्रको यस किसिमको चर्चाले चलचित्र निकै नै राम्रो बनेको अनुमान हामी सबैले यतिकै सजिलै संग लगाउन सक्दछौ | चलचित्रमा समावेश कलाकारहरु पनि उत्तिकै राम्रा र उत्कृष्ट छन् | यिनै कलाकार बीच एउटा कलाकार हुन् अनुप विक्रम शाही जसको अहिले निकै नै चर्चा सबैतिर रहेको छ | उनि कलाकार मात्र नभएर एक सफल मोडेल पनि हुन् | उनले २०१३ मा “मेन हन्ट इन्टरनेसनल” को उपाधि समेत जितिसकेका छन् जसमा उनका प्रतिस्पर्धी थिए “चपली हाइट २” का नाएक आयुषमान देसराज जोशी | उनले त्यो बेला आफ्ना प्रतिस्पर्धी आयुषमान देसराज जोशीलाई हराएर २०१३ मा “मेन हन्ट इन्टरनेसनल” को उपाधि हात पार्न सफल भएका थिए | अहिले फेरी यी २ कलाकार बीच भिडन्तको अवस्था आएको छ किनकि २ जनाकै चलचित्र भाद्र ३ गते एकैपटक दर्शकहरु माझ भिडदै छ | अब यसपटक पनि पछिल्लो पटक जस्तै अनुप विक्रम शाहीले बाजी मार्न सक्नेछन् या छैनन् यो हेर्न बाकी नै छ |
bir-bikram
bir-bikram
bir-bikram
चलचित्र “वीर विक्रम” को ट्रेलर र गीत संगीतको चर्चा परिचर्चाले सम्पूर्ण दर्शकहरुले “वीर विक्रम” को सफलताको आकलन लगाउन सुरु गरिसकेका छन् | तर पनि परिणामको लागि सबैले भाद्र ३ गते कुर्नै पर्ने अवस्था रहेको छ | चलचित्र “वीर विक्रम” का निर्देशक तथा निर्माता मिलन चाम्स हुन् | अहिले उनि लगाएत उनका टिम सबैतिर प्रचारप्रसारमा ब्यस्त छन् | उनको पछिल्लो चलचित्र “हसिया” पनि निकै चर्चामा रहेको थियो भने अन्तरास्ट्रिय बजारमा नेपाली चलचित्रलाई सफल र व्यवस्थित रुपमा विस्तार गर्ने सुरुवात पनि त्यसै चलचित्रबाट भएको थियो | उनले आफ्नो चलचित्र “वीर विक्रम” लाई पूर्ण रुपमा मसालेदार चलचित्रको उपनाम दिएका छन् | चलचित्र निकै नै राम्रो बनेको र समपूर्ण दर्शकको मन जित्ने विश्वास उनले ब्यक्त गरेका छन् | चलचित्रमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: