Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
purano-dhunga
मंसिर १० गते प्रदर्शन मिति तोकेको चलचित्र “पुरानो डुंगा” ले डान्स प्रतियोगिताको आयोजना गर्ने भएको छ | केहि दिन अगाडी सार्वजनिक गरिएको टिजरको सर्भाधिक लोकप्रियता संगै टिजरमा समावेश “निर जैले रिसाउने” बोलको गीतले पनि निकै चर्चा कमाउन सफल रहयो | यसै बीच चलचित्र “पुरानो डुंगा” को टिमले त्यहि गीतको कबर सोङ्गको लागि फ्री डान्स प्रतियोगिता आयोजना गर्न लागेको हो | चलचित्रमा समावेश यस गीतमा चलचित्र भित्र कुनै डान्स नरहेकोले पनि दर्शकहरु माझ यस गीतको डान्स प्रस्तुत गर्नको लागि यसरी डान्स प्रतियोगिता गर्न लागिएको कुरा निर्देशक रामबाबु गुरुङले जानकारी दिनु भएको छ | चलचित्रले यस गीतको अडियो समेत सार्वजनिक गरेको छ | चलचित्रमा यो गीत फरक ढंगको रहेकोले पनि चलचित्र संगै यस गीतको प्रोमोशनको लागि पनि यो प्रतियोगिता आयोजना गर्न लागिएको कुरा पनि उनले उल्लेख गरेका छन् | प्रतियोगिताको लागि फारम बुझाउने अन्तिम मिति २१ नोवेम्बेर सम्मको रहेको छ |
purano-dhunga
उपेन्द्र सुब्बाको स्क्रिप्ट , शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत रहेको यो चलचित्रका कार्यकारी निर्माता माओत्से गुरुङ, मणीराम पोखरेल र बाल्मिकी पोखरेल हुन् । रौनक विक्रम कँडेल, ओम चन्द रौनियार, धनवहादुर गुरुङ र प्रकाश गुरुङ निर्माता रहेको चलचित्रमा अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।
purano-dhunga
यो भन्दा अगाडी कबड्डी र कबड्डी कबड्डी जस्ता सुपरहिट चलचित्र निर्देशन गरेर दर्शकहरु माझ आफ्नो नाम उच्च स्थानमा राख्न सफल रहेका निर्देशक रामबाबु गुरुङ यो तेस्रो चलचित्र हो | उनि आफु यस चलचित्र बाट निकै आशावादी रहेको कुरा पनि बताएका छन् | चलचित्र निकै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास पनि उनले ब्यक्त गरेका छन् |
purano-dunga

Leave a Reply

%d bloggers like this: