Thu. Feb 6th, 2025

मनोरंजनसंसार डटकम
नेपाली सङ्गीत क्षेत्रमा राजेशपायल राई चर्चित र सफलताको शिखर चुमेको नाम हो। अहिलेसम्म अविवाहित रहेका राईलाई धेरैको प्रश्न रहन्छ, विवाह कहिले ? अनि राईको रेडिमेड जवाफ, ‘समय आएपछी पक्कै हुन्छ ।’
विवाह नभएपनि उनको अफेयर चर्चा भने भईरह्यो । फलानो अभिनेत्रीसँग राजेशको विवाह हुँदै, राजेश अभिनेत्रीसँग प्रेममा, राजेशको ब्रेकअप यि यस्तै खबर मिडियामा आईरहेको देख्न सकिन्छ । उनको विवाहको चर्चाले सोसियल मिडियादेखि टिभी र छापा माध्यमसम्मले ठाउँ पाउछ।
पछिल्लो समय विवाहको हल्ला चलिरहेको बेला बिहिबार आयोजित फिल्म ‘वीर बिक्रम’को प्रेसमिटमा यसै बिषयमा सोधिएको एक प्रश्नमा राईले गज्जबको जबाफ दिए। उनले भने, ‘तपाईं पत्रकार साथिहरु नै मेरो लभ पार्दिनु हुन्छ, विवाह गर्दिनुहुन्छ अनि ब्रेकअप पनि तपाईंहरूले नै गर्दिनुहुन्छ ।’
जब राजेशले यस किसिमको जवाफ फर्काए तब हाँसोले हल गुञ्जियो । उनले पनि हाँस्दै भने, ‘अहिले म विवाह गर्ने तयारीमा छैन । तर, अवस्य छिट्टै विवाह हुनेछ ।’ मिडियालाई जोड्ने र तोड्ने आरोप लगाएका राजेशको के साँच्चिकै अफयर नचलेकै हो त ?

Leave a Reply