Thu. Feb 6th, 2025

मनोरंजनसंसार डटकम
लगातार दुई फिल्म ‘नोभेम्बर रेन’ र ‘क्लासिक’को निर्देशक तथा कलाकारको टिम नयाँ प्रोजेक्टमा पनि सँगसँगै रहने पक्का भएको छ । ‘क्लासिक’ निर्देशक दिनेश राउतको अन टाईटल प्रोजेक्टमा अभिनेतामा आर्यन सिग्देल र अभिनेत्रीमा नम्रता श्रेष्ठ नै दोहोरिने पक्का भएको हो ।
पत्रकार संग कुरा गर्दै निर्देशक राउतले हुने नहुने बारेमा भएको चर्चा परिचर्चालाई चिर्दै अन्ततः आफ्नो नयाँ प्रोजेक्टमा नम्रता नै लिड हिरोईनमा रहने पक्का भएको बताए । राउतका अनुसार फिल्मको छायाँकन भदौको अन्त्यतिर सुरु हुनेछ ।
हाल स्कृप्टलाई अन्त्य दिनमा व्यस्त निर्देशक राउतले यो प्रोजेक्टको अधिकांश दृश्य थाईल्याण्डमा छायाँकन हुने बताए । फिल्मको कथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्डेड फिल्म ‘डायन क्याण्डल’ का लेखक तथा निर्देशक नरेनकुमार केसीले लेखिरहेका छन् ।
तपाईंको प्रायः प्रोजेक्टमा सधैं आर्यन र नम्रता मात्र किन भन्ने प्रश्नमा राउतले भने, ‘जो सँग टिमअप मिल्छ, जसको साथले म यहाँ छु पक्कै पनि उनिहरु नै मेरो प्रोजेक्टमा दोहिरिनु नौलो होईन, यो प्रकारको टिमअप अन्य निर्माता निर्देशकमा पनि दर्शकले भेट्न सक्नुहुन्छ, जो सफल पनि छन् ।’
फिल्ममा पछिल्लो केहि बर्षयता कतारमा वस्दै आएका ‘कलिउड’ निर्माता विष्णु कार्कीको लगानी रहनेछ भने आर्यन सिग्देल ईन्टरटेन्मेन्ट र विएनएस ईन्टरटेन्मेन्टको व्यानरमा फिल्म तयार हुनेछ ।

Leave a Reply