Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
बर्ष २०७३ को सफल फिल्मको सुचीमा परेको ‘गाजलु’ नेपालको सफलतासँगै अब अमेरिका प्रदर्शनको तयारी सुरु भएको छ । निर्माता रोहित अधिकारीले अगष्टको पहिलो हप्तादेखि ‘गाजलु’ को अमेरिका प्रदर्शन सुरु हुने बताए ।
पहिलो फिल्ममा नै सफलताको स्वाद चाखेका निर्माता अधिकारीले अमेरिकाका टेक्सास, भर्जिनिया, न्यूयोर्क, बाल्टिमोर, मेरिल्याण्ड लगायत विभिन्न १५ शहरमा ‘गाजलु’ प्रदर्शन हुने पक्का भएको बताए ।
उनले अमेरिकामा रहेका नेपालीहरुलाई फिल्म हेरेर नेपाली फिल्मप्रतिको माया र सद्भावलाई अझ प्रगाढ बनाउन आग्रह पनि गरे ।
फिल्मलाई अमेरिका प्रदर्शनको चाँजोपाँजो भने शरद युवराज सिंह र अर्जुन सुवेदीले मिलाएका हुन् । युवराज र अर्जुनले नै हेमराज बिसी निर्देशित फिल्मको अमेरिका प्रदर्शन अधिकार किनेका थिए ।
युवा स्टार अनमोल केसी तथा पुर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ स्टारर फिल्ममा गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, गौरी मल्ल लगायत अभिनयमा छन् । फिल्मले पुर्व कुमारीको कथा बोल्छ ।

Leave a Reply

%d bloggers like this: