Mon. Apr 22nd, 2024

मनोरंजनसंसार डटकम
गत बर्ष गिनिज वर्ल्ड रेकर्डमा संसारकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल ८ बर्षिय निर्देशक सौगात विष्टले दोश्रो फिल्म निर्देशक गर्ने पक्का भएको छ । शुक्रबार फिल्मको औपचारिक घोषणा हुनेछ ।
सौगातको फिल्म यो पटक पनि होम प्रोडक्शनमा बन्नेछ । यसअघि ‘लभ यु बाबा’ नाममा पारिवारिक फिल्म निर्देशन गरेका उनले पहिलो फिल्मबाट वाहि वाहि मात्र भेटेनन संसारकै कान्छा निर्देशकको नाम पनि लेखाउन सफल भए ।
‘डान्स फेभर’ व्यानरमा बन्ने फिल्म निर्माता मोहनकृष्ण श्रेष्ठको व्यानर एमके प्रोडक्शनसँगको सहकार्यमा बन्नेछ । अभिनेता गजित बिष्टका पुत्र सौगातको दोश्रो प्रोजेक्टको नाम ‘हैरान’ दिईएको छ । फिल्मले पारिवारिक कथा बोल्नेछ ।
तर फिल्ममा को को कलाकार हुने भन्ने चाहिँ गोप्य राखिएको छ । फिल्मका काष्टिङ डायरेक्टर चलचित्र पत्रकार संघ अध्यक्ष सान्तिप्रिय हुन् । मुख्य कलाकार सबैजसो तय भईसकेको बताईन्छ ।
फिल्मलाई संभवत भदौमा छायाँकनमा लगेर सकेसम्म यो बर्ष भित्रै अथवा अर्को वर्षको बैसाखमा रिलिजको सोच निर्माण टिमले बनाएको छ । ‘हैरान’को निर्मातामा सम्झना पोखरेल र गजित विष्ट रहनेछन् ।

%d bloggers like this: