Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
पछिल्लो समय नेपाली फिल्मको बजार विस्तार भएसँगै वैदेशिक प्रदर्शन अधिकार विक्री हुँदा राम्रो र आशातित फिल्मका निर्माताले राम्रै रकम पाउँदै आएका छन् । त्यसैले नेपालको सार्वजनिक प्रदर्शनमा तल माथी हुँदै गर्दा पनि वैदेशिक प्रदर्शनबाट निर्माताले केहि हदसम्म भएपनि राहतको स्वास फेर्न पाउँछन् ।
यो क्रममा भदौ ३१ लाई प्रदर्शनको मिति तय गरेको फिल्म ‘गाँठो’ले रिलिज पहिले नै लगानी सुरक्षित गरेको दाबी निर्माण टिमले गरेको छ । नाजिर हुसैन, नम्रता श्रेष्ठ र अभय बराल लिड रोलमा रहेको फिल्मको डिजिटल अधिकार तथा केहि देशको प्रदर्शन अधिकार बिक्री भएसँगै लगानी सुरक्षित भएको दाबी गरिएको हो ।
सुरज भुषाल निर्देशित फिल्मले एफडी कम्पनिबाट मोफसल प्रदर्शनको लागी २० लाख एमजी पाईसकेको र राजधानिको लागी गोविन्द शाहीबाट १० लाख एडभान्स पाएको दाबी गरिएको छ भने अष्ट्रेलिया प्रदर्शन अधिकार मात्रै १५ लाखमा बिक्री भएको दाबी गरिएको छ ।
यसअघि ‘मौन’ फिल्मबाट समिक्षकको मन जितेका तथा ‘होस्टेल रिटर्न्स’ फिल्म बाट युवापुस्ताको मन जितेका निर्देशक भुषालको ‘गाँठो’लाई आशातित फिल्मको दर्जामा राखिएको छ ।

%d bloggers like this: