Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
अभिनेता दयाहाङ राईले सरकारको तर्फबाट चलचित्र विकास वोर्डले वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ह्याट्रिक गरेका छन् । पछिल्लो दुई बर्षमा लगातार उत्कृष्ट बनेका उनले अहिलेसम्म तीन फिल्मबाट राष्ट्रिय अवार्ड हात पारे।
२०६६ सालमा उत्कृष्ट सह अभिनेतामा ‘दासढुङ्गा’ फिल्मबाट राष्ट्रिय पुरस्कार पाएका दयाहाङले गत बर्ष फिल्म ‘सम्बोधन’बाट उत्कृष्ट अभिनेताको पुरस्कार जितेका थिए । बर्ष २०७२ मा प्रदर्शित फिल्म ‘कबड्डी कबड्डी’बाट उत्कृष्ट अभिनेताको विजेता छनोट भएसँगै उनले ह्यट्रिक पुरा गरेका हुन् ।
तीन पटक राष्ट्रिय अवार्ड विनर बनेका दयाहाङले फिल्मीखबरसँग कुरा गर्दै दर्शकले यो स्थानसम्म ल्याएको भन्दै यसको सबै श्रेय दर्शकलाई दिए । आफ्नो लक्ष्य हरेक फिल्ममा राम्रो गर्ने रहेको भन्दै त्यसको मुल्याङ्कन गर्ने तथा लेखाजोखा राख्ने काम दर्शक र निर्णायक मण्डलको रहेको उनको भनाई छ।
यो बर्षको राष्ट्रिय पुरस्कार बिहिबार साँझ राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रमका बीच वितरण गरिँदै भएपनि पुरस्कार विजेताहरुको नाम भने बिहिबार दिउँसो नै विकास वोर्डले सार्वजनिक गरिसकेको हो ।

%d bloggers like this: