Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
bhes-gurung
नेपाली सांगीतिक क्षत्रमा थुप्रै कलाकारहरुको आगमनको क्रममा यहि बीच गाएक भेस गुरुङ पनि “मेरो माया” को साथमा आफ्नो पाईला टेक्दै छन् | आफ्नो धेरै बर्षको मेहेनत र साधनको प्रतिफल आज उनि दर्शकहरु माझ आफ्नो दोस्रो गीत लिएर प्रस्तुत भएका छन् | अहिले उनको “मेरो माया” गीत बजारमा निकै चर्चामा रहेको छ | आफु देशबाट टाढा रहेर पनि यस क्षत्रमा केहि गर्छु भन्ने सोचले उनि अगि बढिरहेका छन् |
bhes-gurung
उनको यस गीतमा शब्द संगीत सफिक होपको रहेको छ भने भेस गुरुङले यसमा आफ्नो सुमधुर स्वर भरेका छन् | उनको यस गीतको भिडियोमा जानकी गुरुङ र महेन्द्र देवकोटाले अभिनय गरेका छन् | उनले आफु सधै यस क्षत्रमा लागिरहने विश्वास ब्यक्त गरेका छन् | आफ्नो यो दोस्रो प्रयासलाई पनि दर्शकहरुले स्वीकार गरिदिनुहुन पनि उनले आग्रह गरेका छन् | दर्शकहरुलाई सधै नया कुरा र नया टेस्ट दिने प्रयास आफुले सधै गर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरेका छन् |
हेर्नुस गीत :

%d bloggers like this: