Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
बलिउडमा फिल्मका सफलतासँगै कलाकारले लिने पारिश्रमिक पनि आकाशिने गर्छ। पछील्लो समय अभिनेता अक्षयकुमारका फिल्महरूले वक्सअफिसमा लोभलाग्दो सफलता प्राप्त गरिरहेका छन्।
उनका पछिल्ला रिलिजहरू हाउसफू ३, एयर लिफ्ट, बर्दर्स, सिह इज ब्लिङ आदिले वक्सअफिसमा १०० करोड भारूको कमाइ गरे। उनको यो निरन्तरको सफलताले उनी बलिउडमा माग भएका कलाकारमा पर्छन्।
यसै सिलसिलामा उनले एक फिल्मका लागि ५६ करोड भारू (नेपाली मुद्रामा ९० करोड) लिएको चर्चा चलेको छ। उनले यो रकम पारिश्रमिक र नाफामा हिस्सेदारी अनुसार पाउने छन्। यस अघि ‘यारियाँ’ तथा ‘सनम रे’ फिल्म निदेशन गरेकी दिव्या कुमार खोसलाको अगामी फिल्मका लागि यो रकम लिन लागेको बताइन्छ।
दिव्याको यस फिल्म अगाडि पनि अक्षयले ‘जोल एलएलबी २’ फिल्मका लागि ४२ करोड भारू लिएको खबर सार्वजनिक भएको थियो।
‘जोली एलएलबी २’का लागि लिएको रकमको पुष्टि भएपनि ५६ करोड लिइएको भन्ने बारेमा भने अक्षयले आधिकारिक रूपमा केही बोलेका छैनन्।

%d bloggers like this: