मनोरंजनसंसार डटकम
गायक प्रमोद खरेलले दोलखा जिल्लाको सुन्दरावतिमा रहेको सरस्वती प्राथमिक विद्यालयमा ४ वटा कोठा सहितको पक्कि भवन निर्माण गराइदिएका छन्। ३ कक्षासम्म अध्ययन गराइने उक्त विद्यालयलाई गत वर्षको महाभुकम्पाले ध्वस्त बनाइदिएको थियो।
शिक्षा मन्त्रि गिरिराजमणि पोख्रेलले शुक्रवार उक्त विद्यालयको उद्घाटन गरेका हुन्। ६८ जना विधार्थीहरु रहेको उक्त विद्यालयको पुनर्निर्माण पछी त्यहाँका विधार्थीहरुको मुहारमा खुसी चम्किएको गायक प्रमोद खरेलले वताए।
उक्त विद्यालयको स्कुल हस्तान्तरण कार्यक्रममा कार्यक्रम प्रस्तोता नरेश भट्टराई, संगीतकार चेतन सापकोटा, हास्य कलाकार शिवहरी पौडेल, किरण केसी, जितु नेपाल लगायतका कलाकारहरु सहभागी थिए।
