Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
suntalilai-bhagai-lagyo-jhilkele
राजधानीमा प्रेस मिट गर्दै चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले” को नया प्रोमो सार्वजनिक भएको छ | पत्रकार र चलचित्र कर्मीको बाख्लो जमघट रहेको उक्त कार्यक्रममा सम्पूर्ण कलाकार चलचित्रको वास्तविक पात्रमा देखिएका थिए |
साउन २१ रिलिज फिल्मका लाहुरे अर्थात कलाकार शिशिर भण्डारी कम्मरमा खुकुरी र काँधमा रेडियो भिरेर स्टेज उक्लिए अनि भने, ‘लाहुरे परियो मिठो मिठो चाख्ने बानी परेको छ ।’ उनले क्रमश सुन्तली, झिल्के अनि बलेलाई स्टेजमा डाके । यी फिल्मका कलाकार पात्रमा प्रस्तुत भए । टिपिकल नेपाली फिल्म जसले ३० वर्ष अगाडिको कल्चरलाई कमेडी ढंगबाट पस्कन खोजेको छ । मन र मुटु मिलेपछि अर्काको श्रीमती भगाउने परम्परालाई फिल्मले देखाउन खोजेको छ ।
सुन्तलीको भूमिकामा कलाकार सुरजनी केसी र झिल्केको रोलमा कलाकार सुशील सिटौलाले अभिनय गरेका छन् । यता पहिलो पटक फिल्ममा डबल रोलमा देखिएका छन् कलाकार सुशान्त कार्की । रीजा भुषाल फिल्मकी अर्की कलाकार हुन् ।
suntalilai-bhagai-lagyo-jhilkele
सबै कलाकारले फिल्म एकपटक हेरिदिन आग्रह गरे । पत्रकार भेटघाटमा फिल्मको प्रोमो र टाइटल सङ देखाइएको थियो । हुन त विवाहका लागि साउन महिना लगन नजुर्ने महिना हो तर अर्काको श्रीमती भगाउने चाहि उयुक्त समय हो भन्दा फरक पर्दैन किनकी यो फिल्मको टाइटल अनुसार साउन रिलिजले त्यहि संकेत गर्छ ।
suntalilai-bhagai-lagyo-jhilkele
फिल्मलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । यस अघि ‘मिस्टेक’ र ‘सपना तिम्रो मेरो’ निर्देशन गरेका आचार्यको यो तेस्रो फिल्म हो । आफ्नो तेस्रो फिल्म भए पनि आफ्नो अहिले सम्म को सबै भन्दा राम्रो चलचित्र बनेको कुरा पनि उनले प्रस्ट परेका छन् | “सुन्तलीलाई भगाई लग्यो झिल्केले” पुरा रुपमा नेपाली सामाजिक चलचित्र रहेको कुरा पनि उनले बताएका छन् | यस चलचित्रले सम्पूर्ण नेपाली दर्शकहरुको मन जित्ने विश्वास पनि उनले ब्यक्त गरेका छन् |
हेर्नुस ट्रेलर:

%d bloggers like this: