Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अभिनेत्री द्वय दिपिका पादुकोण तथा प्रयंका चोपडा आजको मितीमा बलिउडको मात्र नभइ ग्लोबल आइकन बनिसकेका छन्। प्रियंकाले ‘क्वान्टिको’ एवम् ‘बेवाच’बाट चर्चा बटुलिरहेकी छन् भने दिपिकाले आफ्नो पहिलो हलिउड डेब्यू फिल्म ‘एक्सएक्सएक्स’बाट।
हलिउडको यात्राले उनीहरूको माग पनि बढेको छ। त्यस्तै दृश्य शनिवार राती सम्पन्न आइफा अवार्डमा पनि देखियो। उनीहरूले सो अवार्डका कर्म दिएको प्रस्तितिका लागि प्रतिमिनेट ५० लाख नेपाली रूपयाँ पारिश्रमिक लिएका छन् जून सो समारोहमा प्रस्तुति दिने अन्य अभिनेत्रीहरूको तुलनामा सर्वाधिक हो।
करिब चार मिनेट लामो प्रस्तिति दिएका उनीहरूले करिब १.३३ करोड भारू पारिश्रमिक लिएका छन्। यसवर्ष आइफा स्पेनको राजधानी म्याड्रिडमा भएको थियो।
दिपिका र प्रियंकाले १.३३ करोड भारू दिदाँ सोही कार्यक्रममा प्रस्तुति दिने अन्य अभिनेत्रीहरूले ७० देखी ८० लाख भारूको बिचमा पारिश्रमिक बुझेको बताइन्छ। म्याड्रिडमा गरिने कार्यक्रमका लागि आयोजकले आफ्नो अनुसन्धानमा दर्शकहरूमा उनीहरूको माग रहेको पाएपछि उक्त रकम खर्च गर्न नहिच्किचाएको बताइन्छ।

%d bloggers like this: