Sat. Apr 12th, 2025

मनोरंजनसंसार डटकम
भारतमा विवादित बनेको ‘उड्ता पञ्जाब’लाई पाकिस्तानको सेन्सर बोर्डले हरियो झण्डा देखाएको छ। पाकिस्तानले फिल्मलाई हरियो झण्डा देखाउनु अघि करिब १०० कट हटाउन भनेको छ।
पाकिस्तानी सेन्सर बोर्डेले फिल्ममा आपत्तिजनक र पाकिस्तान विरोधी चिज भएकाले हटाउनुपर्ने जनाएको हो।
यी १०० कट हटाएर फिल्म पाकिस्तानमा प्रदर्शन गरिनेछ। यसरी गरिएका कटमा अधिकाशं फिल्ममा प्रयोग भएका गालीगौलजका शब्द रहेका छन्। अभिषेक चोबे निर्देशित फिल्ममा शाहिद कपुर, आलिया भट, करिना कपुर, दीलजित दोसाँझ आदिको मुख्य भूमिका रहेको छ।
फिल्मले दर्शक एवम समिक्षकहरू दुबैबाट तारिफ बटुलिरहेको छ।
हेर्नुस ट्रेलर :