Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
kabali
तपाई तमिल फिल्मका सुपरस्टार रजनीकान्तको फ्यान हुनुहुन्छ भने यो खबरले तपाईलाई अचम्ममा मार्न सक्छ। आगामी जुलाई १५ मा रजनीकान्तको फिल्म ‘कबाली’ रिलिज हुँदैछ। सो दिन फिल्मको पहिलो दिनको पहिलो शो हेर्न करिब १८१ जना एउटा विशेष प्लेनमा सवार भएर जाँदैछन्।
kabali
त्यो दिन उनीहरूले बेङ्लोरबाट प्लेनमा चेन्नई जानेछन, फिल्म हेर्नेछन् र लन्च खाएर आफ्नो घर फर्कनेछन्। यसरी फिल्म हेर्न जानेमध्येकी एक प्रतिनिधि पात्र हुन समिता शर्मा रङ्गनाथन। उनले रजनीकान्तको ‘कबाली’ हेर्नका लागि सो दिन करिब १२ हजार नेपाली रूपयाँ खर्च गर्नेछिन्।
Kabali
‘रजनीको फिल्मप्रतिको मान्छेको यस्तो दुर्लभ लगाव तपाईँले चेन्नईमा मात्र महशुस गर्न सक्नुहुन्छ’, ३६ वर्षिय रंगनाथनले भनिन्।
kabali
ब्याङ्केबल स्टार
रजनीकान्त फिल्म हेर्नका लागि उडान गर्न लागिएको यो विशेष उडानले तमिल फिल्म उद्योगमा एउटा बेग्लै हल्ला बनाएको छ।
नि:सन्देश रजनीकान्त तमिल फिल्म उद्गका सबैभन्दा बढि बिकाउ स्टार हुन् जसको फिल्म उद्योगमा मानिसको जानकारीमा रहेसम्मदेखि रहँदै आएको छ। यसअघि रजनीकान्तलाई लिएर फिल्म बनाइसकेका सुरेश बाबुको नजरमा यो पछिल्लो घटनाक्रमले रजनी हिस्टेरियालाई बढाउने काम गराइको रुपमा हेर्छन्।
kabali
आफ्नो चार दशक लामो फिल्म अभिनय यात्रामा ६५ वर्ष रजनीकान्तले करिब १७० तमिल फिल्ममा काम गरेका छन्।
रजनीकान्त एसियामा सबैभन्दा बढि पारिश्रमिक बुझ्ने अभिनेता हुन् र सबैभन्दा ब्याङ्केबल स्टार पनि। उनको फिल्म ‘कबाली’ले रिलिज अगावै ३० मिलियन डलर कमाइसकेको छ। फिल्म तेलेगु, हिन्दी तथा मलया भाषामा पनि डब हुँदैछ जसले उनका दर्शकको सिमालाई भारतभर र एउटा पुस्तामा मात्र सिमित नभइ विश्वभर फैलिएको छ।
kabali
सन् १९९५ मा रिलिज भएको उनको हाँस्यप्रधान फिल्मलाई जापानिज भाषामा डब गरेर रिलिज गरिएको थियो। फिल्म जापानभर हिट भयो।
रंगनाथनले पहिलोपल्ट सन् १९९९ मा तिरूनभेली शहरको एउटा सानो हलमा रजनीको फिल्म ‘पडयाप्पा’ हेरेकी थिइन्। त्यहीबाट उनी रजनीतर्फ पहिलोपल्ट आकर्षित भइन्।
‘जब पर्दामा रजनीकान्त पहिलोपल्ट देखिए, मानिसहरूले फिल्मको पर्दामा सिक्काहरू फ्याँकेका थिए। म दर्शकहरूको एउटा हिरो प्रतिको यस्तो प्रतिक्रिया देखेर अवाक बनेको थिएँ’, उनले स्मरण गरिन्।
त्यसपछि उनले साथीहरूबाट डिभिडी मागेर रजनीकान्तका सन् ७० देखिका ब्ल्याक एण्ड ह्वाइट फिल्मदेखी बनेका सारा फिल्म हेरिन्।
‘यतिमात्र होइन जब म सन् २००३ मा मेरो छोरो जन्मिदा प्रसवमा हुँदा मैले रजनीकान्तका तीन कमेडी फिल्म अरूनाचलम, मुथु तथा गुरू शिष्यम लगातार हेरेर त्यसको तनाव कम गरेँ’, उनले हाँस्दै भनिन्।
kabali
चेन्ननईमा रजनीकान्तको फिल्म रिलिज हुने दिनलाई उनका फ्यानहरूले कुनै पर्व नै भए झैं गरि मनाउँछन्।
ठूलो पूर्वानुमान
रजनीका फिल्मले ठूलो अपनिङ्का साथमा वक्सअफिसमा राम्रो कमाइ गर्ने गर्छन्। जब तीनले वक्सअफिसमा राम्रो गर्देनन् रनीकान्तले फिल्मका वितरकहरूलाई आफ्नै खल्तीबाट क्षतिपूर्ति दिने गर्छन। सन् २००२ मा रिलिज भएको ‘बाबा’ र २०१४ मा रिलिज भएको ‘लिंगा’ नचलदा रजनीले वितरकहरूलाई आफ्नै खल्तीबाट क्षतिपूर्ति तिरेका थिए।
‘काबली’लाई लिएर पनि ठूलो पूर्वानुमान रहेको छ। फिल्ममा उनले बुढो डनको भूमिकामा अभिनय गरेका छन्। फिल्मको टिजरलाई हालसम्म २२ मिलियन पटक हेरिसकिएको छ।
फिल्ममा आउनुअघि जसनीकान्त बेङ्लोरको १०ऐ नामको बसका कन्डक्टरको काम गर्थे।
हेर्नुस टिजर :

%d bloggers like this: