Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
gajalu
जेठ २८ गते शुक्रबार देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्र “गाजलु” ले पहिलो दिनमै सम्पूर्ण हलहरुमा हाउसफुल शो गरेको छ | अहिले राजधानीको सिंगल थेटर देखि मल्टीप्लेक्स सम्पूर्ण हलहरुमा “गाजलु” ले कब्जा जमाएको छ | अहिले सिंगल थेटरमा समेत “गाजलु” को लागि अर्को हल थपिएको छ भने मल्टीप्लेक्समा समेत दर्शकहरुको अत्याधिक चाप भएकोले शो थपिने क्रम एकदमै तिब्र गतिमा बढ्दै छ |
gajalu
चलचित्रमा अहिलेका चर्चित नाएक अनमोल केसी ,सृष्टि श्रेष्ठ,गौरव पहारी,सलोन बस्नेत,मेनुका प्रधान,गौरी मल्ल,कृष्ण मल्ल,बिस्व बस्नेत, ऋतिक शाही लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रले प्रदर्शन को मिति को एकदिन अगाडी राजधानीमा रेड कार्पेट शो समेत गरेको थियो | त्यस रेड कार्पेट शो मा उपस्थित सम्पूर्णले “गाजलु” को खुलेर प्रशंसा गरेका थिए | चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् भने रोहित अधिकारीले निर्माण गरेका हुन् |
हेर्नुस ट्रेलर:

%d bloggers like this: