मनोरंजनसंसार डटकम
अहिले चलचित्र “रिलेशन” नेपाली बजारमा चर्चा परिचर्चामा रहेको छ | असार १० को प्रदर्शन मिति तोकेको यस चलचित्र नेपाल बाहेक १० वटा भन्दा बढी देशमा प्रदर्शन हुदैछ | चलचित्रमा मकवानपुर नौखंडे ठाउको परिवेशलाई निकै राम्रो तरिकाले प्रस्तुत गर्न खोजिएको छ | हाम्रो नेपाली समाजमा खुट्टा तान्ने परिवृति धेरै रहेको र सानो सानो कुराहरुले निकै नै धेरै असर पारिरहेको कुरालाई पनि यस चलचित्रमा देखाउन खोजिएको छ | चलचित्र एक प्रकारले देशलाई समर्पित रहेको कुरा पनि जानकारीमा आएको छ | अहिले देशको खेल जीवन खस्किदो अवस्थामा रहदा यस चलचित्रले मुक्खे तहको ध्यान आकर्षण गराउनुको साथै खेलाडीहरुमा पनि जोश अनि उत्साह थप्ने विश्वास निर्माता दिवाकर महर्जनले बेक्त गर्नुभएको छ |
चलचित्र पूर्ण रुपमा नेपाली समाजको अहिलेको तत्कालिन परिवेशमा निर्माण गरिएको कुराको जानकारी निर्देशक दिपेन्द्र प्रसाद दाहालले दिनुभएको छ |यसका साथ साथै चलचित्रमा एक र अर्को देशको सम्बन्धको बारेमा पनि चर्चा परिचर्चा गरिएको छ | चलचित्र “रिलेशन” ले देश बिकाशमा निकै नै ठुलो योगदान थप्ने भनाई निर्माता महर्जनको रहेको छ |
चलचित्रमा नेपाली कलाकारहरुको साथ साथै बिदेशी कलाकारहरुको अभिनय पनि हेर्न पाइने छ | फिल्ममा रमेश के.सी. मट्टारे, सुशिल पोखरेल, लक्षण विक्रम बस्नेत, विद्या कार्की, उपेन्द्र तिमिल्सिना, दिनेश श्रेष्ठ, राधा श्रेष्ठ, गीता अधिकारी, दिवाकर महर्जन, क्रिष्टिना नुनास, लक्षण थामी, सुदिप कँुवर, कृष्ण रसाल, महिमा सिलवाल आदिको अभिनय रहेको छ ।चलचित्रमा गोविन्द प्रभातले नृत्य निर्देशन गरेका छन् भने अष्ट महर्जन र कुमार महर्जनको द्वन्द्व रहेको छ |
हेर्नुस ट्रेलर:
