Mon. Feb 24th, 2025

मनोरंजनसंसार डटकम
Bruna-Abdullah
बलिउड अभिनेता सलमान खानको ‘जय हो’ फिल्मकी अभिनेत्री बुर्ना अब्दुल्ला राजधानीमा आएकी छिन्। बिहीबार राजधानी आएकी अभिनेत्री अब्दुल्लाले बौद्धस्थित हायात रिजेन्सीको क्यासिनो प्राइडले आयोजना गरेको कार्यक्रममा सहभागि हुन आएकी हुन्।
उनले नेपाल भ्रमणबारे सामाजिक संञ्जाल इन्स्टाग्राममा फोटोे राख्दै जानकारी गराएकी थिइन्। ‘क्यासिनो प्राइडमा दिने प्रस्तुतीको रिहर्सल र तयारी सकिएको छ। छोटो समयको नेपाल भम्रण रमाइलो भइरहेको छ,’इन्स्टाग्राममा फोटो राख्दै उनले लेखेकी छिन्।
यसअघि क्यासिनो प्राइडले डान्स प्रस्तुतीको लागि केही बलिउड कलाकारलाई नेपाल ल्याइसकेको छ। ब्राजिलमा जन्मिएकी अभिनेत्री बुर्नाले मुम्बईमा मोडलिङ करियरबाट फिल्म यात्रा सुरु गरेकी हुन्। उनले ‘क्यास’, ‘आई हेट लभ स्टोरी’, ‘देसी ब्वाईज्’, ‘ग्रान्डी मस्ती’ र ‘जय हो’ लगायत बलिउड फिल्महरुमा अभिनय गरिसकेकी छिन्।