Tue. Jun 6th, 2023

मनोरंजनसंसार डटकम
विपी कोइरालाको उपन्यास ‘तीन घुम्ती’ मा आधारित फिल्म ‘तीन घुम्ती’ को ‘फूलझैं नरम बनायौ, घामझैं गरम बनायौ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। गीतको भिडियोमा गरिमा पन्त र सुशान्त कार्कीको अभिनय रहेको छ।
कृष्णहरि बरालको शब्द, वसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमल्सिना र मिलन अमात्यकाे स्वर रहेको छ।
बाबुराम ढकाल निर्देशित फिल्ममा गरिमा र सुशान्तका अलावा ध्रुव दत्तले प्रुमुख भूमिका निभाएका छन्। फिल्म असार १७ मा रिलिज हुनेछ।
हेर्नुस गीत :

%d bloggers like this: