Thu. Apr 10th, 2025

मनोरंजनसंसार डटकम
हलिउड अभिनेता जोनी डिपले सामाजिक संजालहरूमा भएको तीव्र विरोध अभियान बिच स्विडेनमा सांगीतिक प्रस्तुति दिएका छन्। उनकी पत्नी एम्बर हर्डले जोनले आफूलाई पिटेको दाबी गरेको समाचार बाहिरिएपछि उनको स्वीडेनमा पूर्व निर्धारित सांगीतिक कार्यक्रमलाई बहिष्कार गर्न सामाजिक संजालमा अभिनयान चलाइएको थियो।
विरोधकाबिच उनले आफ्नो हलिउड भ्याम्पायरसँग प्रस्तुति दिए। विरोधका बाबजुद कार्यक्रम गरेकोमा कार्यक्रम आयोजकको पनि चर्को विरोध गरिएको छ।तर आयोजकले भने कसैलाई त्यतिकै बाहिरबाट नै दोषी ठहर गर्न नमिल्ने बताएको छ।
‘हामीहरू कुनै पनि प्रकारको हिंसाको विरोध गर्छौ। तर, योसँगसँगै कसैलाई त्यतिकै मुल्याकंन गर्न सकिदैन्। जोनी डिप लगायत सबैलाई प्रमाणित नभएसम्म निर्दोष मान्नुपर्ने हुन्छ’, आयोजकले विरोधको प्रतिवाद गर्दै भने।