मनोरंजनसंसार डटकम
सलमान खानले आफ्नो आगामी फिल्म ‘सुल्तान’का लागि लगौटी लगाउनु सबैभन्दा कठिन भएको बताए। उनले लगौटी लगाएर हिँड्ने समय आफू रोएको खुलासा गरेका छन्।
सलमानले भने, ‘सबैभन्दा गार्हो लगौटी लगाउनु थियो। मैले अहिले आएर बुझें, स्विमस्वीट लगाउँदा अभिनेत्रीहरूलाई कस्तो कठिन परिस्थितिबाट जानुपर्ने रहेछ। मलाई लगौटी लगाउनुपर्छ भनेर बताइएको थियो। मलाई त्यो सजिलै गर्छु भन्ने लागेको थियो तर जब म सुटिङ्स्थल प्रवेश गरें, त्यहाँ ५००० मानिसहरूको भीड थियो र मलाई लाग्यो कि म कुनै पनि हालतमा सुटिङ् गर्न सक्दिन। त्यो अवस्थामा भ्यानिटि भ्यानबाट निस्कदैं गर्दा म रोएँ। मलाई एकदमै लज्जा महशुस भइरहेको थियो।’
सलमानका अनुसार सट खोल्दा कहिल्यै लाज नलागे पनि उनका लागि यसो गर्नु सबैभन्दा कठिन थियो।
