Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
ajay-devgan
अभिनेता अजय देवगनको महत्वाकाक्षीं फिल्म ‘शिवाय:’ पोस्टरका कारण विवादित बनेको छ। बुधवार उनका विरूद्ध पोस्टरको विषयलाई लिएर दिल्ली पुलिसमा उजुरी दर्ता भएको छ। उजुरीमा पोस्टरले हिन्दू भावनामा चोट पुर्‍याउने प्रकारको रहेको दाबी गरिएको छ।
shivaay
अजयका विरूद्ध वकिल मनमहोन शर्माले उजुरी दिएका हुन्। उजुरीमा शर्माले फिल्मको पोस्टरमा भगवान शिवको माथी अजय देवगनले जुत्ता लगाइरहेको देखाइएको उल्लेख गरेका छन्। सो कुराले हुन्दूहरूको भावनामा चोट पुग्ने उनको दाबी छ।

%d bloggers like this: