Fri. Apr 26th, 2024

बलीउड अभिनेता सलमानसँग फेरी सम्बन्ध सुध्रिएको बताइए पनि नायिका कट्रिना र सलमानको सम्बन्ध फेरी चिसिीएको छ । सम्बन्ध सुमधुर नभएकै कारण कट्रिनाले सलमान खानको चलचित्र छाडेर शाहरुख खानको चलचित्रमा अभिनय गर्ने भएकी छिन् ।
भारतीय मिडियाका अनुसार कट्रिना र सलमान चलचित्र ‘ट्युवलाइट’ मा एकसाथ काम गर्ने चर्चा चले पनि उनले अब शाहरुख खानसँग चलचित्रमा काम गर्ने भएकी छिन् । यसअघि कट्रिना र शाहरुखले ‘जब तक हे जान’ मा एकसाथ काम गरेका थिए ।
शाहरुख र सलमानको सम्बन्ध पनि टकराबका बिच चलीरहेका बेला कट्रिना शाहरुखको चलचित्रमा काम गर्नु सलमानका लागी फलामको चिउरासरी सावित हुनेछ ।

%d bloggers like this: