Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
बलिउडमा थुप्रै अनुहारले डेब्यू गर्छन तर केहि अनुहारले भने फिल्मको रिलिज अगावै विशेष चर्चा पाउने गर्छन्। अजय देवगनको महत्वाकांक्षी फिल्म ‘शिवाय’वाट बलिउडमा डेब्यू गर्न लागेकी सायशा सेहेगलको पनि फिल्म रिलिज अगाडी नै बलिउडमा चर्चा सुरू भएको छ।
sayesha-saigal
प्राय:जसो नायिकाहरूको चर्चाको कुरा हुँदा सुन्दरताले प्रमुख स्थान पाउने गर्छ तर आयशाको भने बौद्धिक्ता र सुन्दरताको चर्चा चलिरहेको छ। स्कूल टपरसमेत रहेकी आयशा थुप्रै विधाका नृत्यहरूमा समेत पारगत छिन्। उनी ल्याटिन अमेरिकन। रूम्बा, साम्बा, ज्याज फंक, बेली डान्स, हिपहप, कत्थक, ओडिसी जस्ता नृत्यहरूमा उनको दक्षता रहेको छ।
sayesha-saigal
उनी सलमान खानको नजरमा समेत परेकी छन्। सलमानले आयशालाई ‘केहि भएकी’ केटी भनेर प्रतिक्रिया दिएको बताइन्छ। उनी अजयको फिल्ममा अडिसनबाट छनौट भएकी हुन्। फिल्म ‘शिवाय:’ यसै वर्ष दिपावलीमा रिलिज हुनेछ। उनको यस किसिमको चर्चाले गर्दा अहिले बलिउड फिल्म उद्योगको नजर उनीमाथि रहेको छ।

%d bloggers like this: