Thu. Apr 18th, 2024

पछिल्लो हप्ता बलिउड सुपरस्टार सलमान खानको बिहेको खबरले मिडिया राम्रैसँग ततायो । तर यो विषयमा सलमान र उनकी प्रेमिका लुलिया वन्तुरले मिडियमा माझ बल्ल मुख खोलेका छन् ।
salman-khan
बलिउड मिडियाहरुले सोधेको प्रश्नमा सलमानले मिडियामा आएको खबरलाई झुटो बोलेका छन् । बिहेको कुरा आप्नो व्याक्तिगत विषय भन्दै जहिले बिहेको लागी मनस्थिती बन्छ त्यो समयमा नै आफुले बिहे गर्ने फन्नी उत्तर सलमानले दिए ।
मिडियाला आएको कुरामा सत्यता नभएको दाबी गरेका सलमानले व्याक्तिगत कुरामा धेरै हल्ला फैलाईएको भन्दै आश्चर्य समेत व्यक्त गरेका छन् । यसअघि सलमानले जन्मदिनको अबसरमा डिसेम्बरमा बिहे गर्ने समाचार मिडियामा भाईरल बनेको थियो ।
यस्तै सल्लु प्रेमिका लुलियाले ईन्ष्ट्राग्राममा पोस्ट सेयर गर्दै यसअघि नै आफ्नो बिहे भएको भन्ने खबरलाई झुटो भनेकी छिन् । उनले आफुले अहिलेसम्म बिहे नगरेको र तत्काल बिहे हुने नहुने समेत फाईनल नभएको भन्दै मिडियाले डिभोर्षी भनेकोमा दुःख पोखेकी छिन् ।

%d bloggers like this: