Thu. Apr 25th, 2024

hrithik_roshan
बलिउड अभिनेता ऋतिक रोशन तथा अभिनेत्री कंगना रनौतको विवाद दिनानुदिन नयाँ मोड लिदै चुलिरहेको छ। उनीहरूको जारी विवादकाबिच ऋतिक रोशनलाई सो प्रकरणमा आधारित फिल्मका लागि निर्माता तथा निर्देशकहरूको प्रस्ताव आउन सुरू भएको छ।
Hrithik-Roshan
ऋतिक निकट श्रोतका अनुसार ऋतिकले भने त्यस्ता प्रस्तावलाई लत्याइरहेका छन्। हालसम्म उनलाई २ फिल्मको प्रस्ताव गरिएको छ। यसरी फिल्म प्रस्ताव गर्नेमा बलिउडका चर्चित निर्माता सहित १ नयाँ निर्देशक रहेका छन्। ती बलिउड निर्माताले स्क्रिप्ट नै ऋतिकसमक्ष पुर्‍याइसकेका छन्।
hritik with krrish 3 pandent.894060
यस्तो प्रस्तावले ऋतिक भने अचम्ममा परेका छन्। हाल ‘काबिल’ फिल्मको सुटिङ्मा रहेका ऋतिकले ती स्क्रिप्टमा उति चासो नराखे पनि निरन्तरका प्रस्तावका कारण स्क्रिप्ट सुन्ने मनस्थितिमा पुगेको पनि भारतिय मिडियाले लेखेका छन्। ऋतिकलाई ती स्क्रिप्टमा कसरी कथा बुनिएको छ भन्ने उत्सुक्ता रहेकाले सुन्ने मनस्थितिमा पुगेको भारतीय मिडियाहरूको कथन छ।

%d bloggers like this: