Wed. Apr 24th, 2024

irrfan-khan
इरफान खान बलिउडका मात्रै नभई हलिउडमा समेत अभिनयको राम्रो छाप छोड्न सफल अभिनेता हुन् । रंगमञ्च हुँदै फिल्म अभिनयमा छिरेका इरफानसँग फिल्म खेल्न प्राय: सबै सहकर्मी कलाकार लालायित हुने गर्छन् । किनभने पैसाका लागि भन्दा पनि कामका लागि अभिनय गर्ने उनी हत्तपत्त नराम्रो स्क्रिप्टका लागि फिल्म खेल्न सहमति जनाउँदैनन् । तर यतिबेला कंगना रानावतले भने इरफानसँग फिल्म खेल्न इन्कार गरिदिएपछि चर्चाको विषय नै बन्यो ।
4_Irfan_Khan
निर्देशक साई कवीर आफ्नो नयाँ फिल्म ‘डिभाइन लभर्स’ मा हिरोइनको प्रस्ताव लिएर कंगनासमक्ष पुगेका थिए । तर पछिल्लो समय करिअरको उचाइमा रहेकी कंगनाले इरफानको हिरोइन बन्न अनिच्छा देखाइदिईन् । ‘क्वीन’ मा लिड रोल खेलेपछि झन् माथि उक्लिएकी कंगना त्यसयता निरन्तर लिड रोलमा देखिन थालेकी छन् । यस्तोमा कंगनाले इरफानकी हिरोइन बन्न नचाहेकी रहिछन् । उनले निर्देशकलाई सिधै ‘लिड रोलबाहेक खेल्दिनँ’ भनिदिइन् । यसको असर इरफानलाई नपर्ने कुरै भएन । तर बाठा इरफानले चातुर्य तरिकाले कंगनाको भनाइलाई खण्डन गरिदिएका छन् ।
Irrfan-Khan-Full-HD-pic-02
‘कंगना धेरै माथि गइसकिन् । अब मैले उनीसँगै खेल्न पाउने भनेको म उनको हिरोइन भए मात्रै हो,’ इरफानले कटाक्ष शैलीमा प्रतिक्रिया दिए, ‘यदि त्यस्तो हो भने उनी हिरो नै बनून् । म उनको हिरोइन बनेर खेल्न पनि तयार छु ।’ इरफानले आफू स्क्रिप्टले दिएको जस्तोसुकै जिम्मेवारी लिन पछि नपर्ने भन्दै चरित्रमा ज्यादा नाटिकुटी नगर्ने बताए । एडभेन्चर कमेडी जानरमामा बनाइन लागिएको उक्त फिल्म भारतकै एक मध्यम वर्गीय परिवारभित्रको कथा हो । फिल्ममा कंगनाले खेल्न इन्कार गरेपछि यतिबेला जरिन खानलाई लिएको बताइएको छ ।

%d bloggers like this: