प्रदर्शनका लागि तयारी रहेको चलचित्र ‘द विनर’की नायिका तथा पुर्ब मिस नेपाल मलिना जोशीले सामाजिक संजाल फेसबुकमा आक्रोश सहितको स्ट्याटस पोष्ट गरेकी छिन् । उनको स्ट्याटस प्रेम सम्बन्धमा केन्द्रित छ ।
केहि बर्ष अघि देखी उनी कलाकार अनुपबिक्रम शाही संग गहिरो प्रेम सम्बन्धमा रहेको तर केहि समय देखी ब्रेक अप भएको खबर आईरहेका बेला गत साता राजधानीमा आयोजित चलचित्र ‘द विनर’ को प्रेस भेटघाट कार्यक्रममा समेत अनुप संगको प्रेम सम्बन्धका बारे पत्रकारले जिज्ञासा राखेका थिए । तर,उनले अनुप संग प्रेममा रहेको कहिल्यै कसैलाई नभनेकाले पनि ब्रेक अप भएको,नभएको बारे भन्न आबश्यकता नरहेको भन्दै पन्छिएकी थिईन् ।
अहिले अनुप बिक्रम र नायिका प्रियंका कार्की नजिक रहेका छन् । यि दुई प्रेममा रहेका हल्लाहरु बजारमा छन् । तर उनको स्ट्याटस प्रियंका र अनुप बिक्रमलाई नभई अन्य कसलाई पनि लक्षित गरेको हुनसक्छ ।
यद्दपी मलिनाले खाली पोष्टमा गोल हान्नु कसलाई मज्जा आउछ र भन्ने प्रबृति बाट बाहिर निस्कौ भन्दै बुझ्नेलाई श्रीखण्डलाई नबुझ्नेलाई खुर्पाको बिड भन्दै कडा स्ट्याटस पोष्ट गरेकी छिन् ।
