Thu. Apr 25th, 2024

दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका मोडल निराजन सिंले अन्तराष्ट्रिय सम्मान पाएका छन् । हालै मलेसियाको क्वालालमपुरमा एइइफ नामक मल्टिनेशनल व्यापार संघ एसियन एक्सिलेन्स इन्टरप्रेनियर फेडरेसनद्धारा आयोजित प्रेस्टिजियस व्रान्ड अर्वाडमा उनले ‘युवा इन्टरप्रेनियर अर्वाड’ हात पारेका हुन् ।
ललितपुर ९ गाँछेका स्थायि वासिन्दा निराजन समाज सेवा र ब्यवसायमा पनि क्रियासिल छन् । अभिनय ,सामाजिक कार्यमा सक्रिय र ब्यवसायको लगावका कारणले एक महिना अगाडी मात्र निराजलाई किङ यनिभर्सिटी, अमेरिकाले व्यवसायिक हिसावले सफल तथा अव्वल युवाको कदर तथा सम्मान स्वरुप डक्टरेट उपाधिले सम्मान समेत गरेको थियो ।

%d bloggers like this: