Fri. Apr 19th, 2024

चलचित्र रिलिजको बेला निर्माण पक्ष देखी कलाकारहरु स्क्याण्डल मच्चाउन पछि पर्दैनन् । तर,स्याण्डल कुन स्तरको भन्ने कुरा फरक बिषय हो । केहिले तल्लो स्तरको स्क्याण्डल सम्म मच्चाएको देखिन्छ । भने केहिले उच्च स्तरको स्याण्डल मच्चाएका छन् । तर,अधिकांसले प्रेम सम्बन्धलाई मुख्य मसलाका रुपमा प्रयोग गर्ने गरेका छन् ।
प्रेम सम्बन्ध,ब्रेक अप,प्याच अप र डिभोर्सको बिषयले मिडियामा छिट्टै प्रतिकृया आउने र चर्चामा छाउन र नाम कमाउन सहज हुने भएकाले प्रेम सम्बन्धका बारे कलाकारको गसिपले राम्रै स्थान पाउने गरेका छन् ।
यस्तै चलचित्र ‘के म तिम्रो होईन र’का नायक आर्यन अधिकारी र नायिका मरिष्का पोख्रेलले पनि प्रेम सम्बन्धलाई अगाडी ल्याउदै गसिप बन्ने गरेका छन् । यि दुईले पछिल्लो समय सार्बजनिक कार्यक्रममै निकटता रहेको देखाउने गरेका छन् । यद्दपी उनीहरु मित्रतामा मात्र सिमित रहेको दाबी गर्छन् ।
आर्यन र मरिष्काले फिल्मीबजार संगको साक्षात्कारमा प्रेम सम्बन्धका बारे खुलेरै बोलेका छन् । यि दुईले आफुहरु निकट रहे पनि मित्रतामा सिमित रहेको जिकिर गरेका छन् । मरिष्काले सबैले आफुहरुलाई सुहाउदो जोडी भएको भन्दै प्रतिकृया दिने गरेको समेत बताईन् । आर्यनले पनि मरिष्काको कुरामा सहमत जनाएका छन् ।
मिडियामा आर्यन र मरिष्का प्रेममा रहेको खबर आए पनि यि दुई असल मित्रतामा सिमित रहेका उनीहरुको भनाई बोल्छ । यि दुईले ट्रेलर र गीतलाई दर्शकहरुले मन पराईदिनु भएको र केमेष्ट्री मन पराएको बताएका छन् । यि दुई यसै चलचित्र बाट रजतपटमा डेब्यु गरेका हुन् ।
आकास अधिकारी निर्देशित यसै चलचित्र बाट यि दुईले सफल हुने बिश्वास समेत लिएका छन् । चलचित्रमा आर्यन एक्सन धारमा देखिएका छन् भने मरिष्का लभर गर्लका रुपमा रहेकी छिन् । रियल लाईफमा मित्रता र पर्दामा जोडीका रुपमा रहेका यि दुईलाई दर्शकले कत्तिको रुचाउने हुन् बैशाख ३१ पछिको समयले नै बताउनेछ ।

%d bloggers like this: