Sun. Feb 23rd, 2025

बलिउड अभिनेत्री मल्लिका शेरावतले केहि दिन पहिले सार्वजनिक भएको आफ्नो विहेको समाचार फगत हल्ला मात्र भएको बताएकी छन्। ट्विट गर्दै मल्लिकाले उक्त कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेकी हुन्।
मल्लिकाले आफ्ना फ्रेन्च प्रेमी सिरेलसँग गोप्यरूपमा विहे गरेको समाचार भारतीय संचारमाध्यमले प्रकाशन र प्रशारण गरेका थिए। मल्लिकालेट्विटमा विहेको हल्ला नफिजाउँन आग्रह गर्दै विहे गर्दा सबैलाई खबर गरेर गर्ने बताइन्।
मल्लिकाले यस्तो बताएपनि एक अन्तरवार्तामा बाबुले छोरीले विहे गरेको बताएका थिए। मल्लिका यतिबेला कान पिल्म फेस्टिवलका लागि फ्रान्समा छिन्।