Fri. Mar 29th, 2024

बलिउडको हिट सिरिज ‘धुम’को नयाँ भागमा रणवीर सिंह हिरोका रुपमा देखिने भएका छन् । ‘धुम’मा अभिषेक बच्चन र उदय चोपडाजस्ता कम चलेका हिरो हुने गरेको भए पनि ‘धुम रिलोडेड’मा अहिलेका सबभन्दा सफल हिरो रणवीर सिंह देखिन लागेको बताइएको छ ।
हिरोभन्दा भिलेन मुख्य हुने गरेको ‘धुम’को शैली छ । अहिलेसम्मका तीन धुममा जोन अब्राहम, ऋत्विक रोशन र आमिर खानले भिलेनको भूमिकामा अभिनय गरेका छन् । नयाँ ‘धुम’मा सलमान खान यो भूमिकामा देखिने बताइएको छ । यो भूमिकामा पहिले रजनीकान्तको नाम आएको थियो ।
रजनीकान्तको ‘रोबोट २’मा अक्षयकुमार भिलेनका रुपमा देखिदैछन् । शाहरुख खानले हालै आफ्नै निर्माण ‘फ्यान’मा भिलेनको भूमिकामा अभिनय गरेका थिए ।

%d bloggers like this: